२०५७ सालदेखि राजनीति शुरु गरेका मुकेश द्विवेदी पर्साका युवा नेताको रुपमा परिचित छन् । कांग्रेस पृष्ठभूमिबाट राजनीतिमा आएका ३८ वर्षीय द्विवेदी ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा २०६२ सालमा स्ववियु सचिव तथा २०६५ सालमा स्ववियु सभापति थिउ । राजा ज्ञानेन्द्रको शासन कालमा १९ दिन जेल सजाय काटेका द्विवेदी पछिल्लो समय मधेसवादी दल जनता समाजवादी पार्टीमा सक्रिय रहे तापनि आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा पर्सा क्ष्Fेत्र नं. २ को (ख)बाट स्वतन्त्र रुपमा आफनो उम्मेदवारी दर्ता गराएका छन् । प्रस्तुत छ निजसंग गरिएको कुराकानीको सार संक्षेपः
प्रश्न– तपार्ई जनता समाजवादी पार्टीको नेता स्वतन्त्र रुपमा आफनो उम्मेदवारी दर्ता गर्नुभयो नि ?
उत्तर– हो, जसपा छाड्नुको मुल कारण यो पार्टी सिद्धान्तविहीन भएर हो। जसले नागरिकता विधेयक रोक्यो, जसले मधेसमा गोली चलायो, जसले मधेसीहरुलई शहीद बनायो । त्यै पार्टीसंग मिल्यो । अनि त्यस्तो पार्टीमा बसिराख्नु मेरो नैतिकताले दिएन । त्यसकारण मैले जसपालाई त्यागे ।
प्रश्न– तपाईं टिकट नपाएर बागी बन्नुभएको चर्चा छ नि ?
द्विवेदी– होइन, मूल्य र मान्यता हराएपछि जसपा पार्टी रहेन । पार्टी अध्यक्ष्F जस्तो मान्छे उपेन्द्र यादव आफनो छोरालाई टिकट दिलाउन ओलीसमक्ष्F लम्पसार परे । पार्टीमा मरिमेट्ने, जेलनेल खाने स्वाभिमानी कार्यकर्ताको कुनै मूलय मान्यता रहेन । नातावाद, भाइ भतिजावादलाई प्रश्रय दिइयो । मधेसी जनतामाथि गोली चलाउने, ज्यान लिनेसंग गएर घाटीमा घाटी जोडी गठबन्धन भयो । म त भन्छु यो गठबन्धन होइन ठगबन्धन हो । यस्तो ठगबन्धन गर्ने पार्टीमा हामी जस्ता स्वाभिमानी कार्यकर्ता अटाउन सक्दैन भन्ने मलाई महसुस भएर मैले पार्टी परित्याग गरी स्वतन्त्र रुपमा जनतासमक्ष्F आएको हुं ।
प्रश्न– तपाईं कांग्रेस पृष्ठभूमिको मान्छे मधेसवादी दलतिर कसरी लाग्नुभयो ?
द्विवेदी– नयाँ पार्टीले पुराना भ्रष्ट पार्टीहरुभन्दा राम्रFे गर्छ कि भन्ने सोचले २०७४ सालदेखि मधेसवादी दलतिर सक्रिय भए तर पार्टीहरु सबै उही ड्याड्ढो देखेर स्वतन्त्र भएँ ।
प्रश्न– तपाई त सक्रिय मान्छे, तपाईको मुख्यमन्त्री, पार्टी अध्यक्ष्F, वीरगंजका मेयर राजेशमानजी सबैसंग राम्रFे सम्बन्ध थियो नि ?
द्विवेदी–हो नि, कुरा सत्य हो, मुख्यमन्त्री र मेयरलाई जिताउन दिनरात लागिपरेको कार्यकर्ता हुँ । अझ मेयर राजेशमानजीलाई भित्री जनताहरुले चिन्दै चिन्दैनथे । मैले घरघरमा पुगेर चिनाए, जितायौं पनि । अन्तिममा मेरो मूल्याङ्कन भएन । महानगरपालिकामा म राम्रFे पोस्टमा जागिर दिन्छु, तपाईं जागीर खानुस् भनी मेयर राजेशमानीले भनेपछि म छानाबाट खसे झैं भएको थिए । यिनीहरुले मेरो मूल्याङ्कन नगरे पनि जनताले मेरो साथमा छन् र मलाई अत्यधिक मतले विजयी गराउँछन् भन्नेमा म पूर्णत विश्वस्त छु ।
प्रश्न– तपाईंलाई जनताले भोट किन र केका लागि दिने ?
द्विवेदी– अहिले यस्ता गठबन्धनको नाममा ठगबन्धन गर्ने पार्टी र यसका नेताहरुलाई जनताले चिनिसकेका छन् । उसैपनि पार्टीहरुले केही गर्न नसक्ने देखेर जनताले स्वतन्त्र उम्मेदवारहरुलाई मन पराइसकेका छन् । विकासका लागि स्वास्थ्य सेवा, शिक्ष्Fा विकास र रोजगारीको ग्यारेन्टीका र अवसरका ढोकाहरु खोल्न, मैले उम्मेदवारी दिएको हुँ र मलाई विश्वास छ जनताले मलाई जिताउने छन् किनकि मेरो तीन पुस्तादेखि पर्सा जिल्लामा मेरो परिवार राजनीतिमा सक्रिय रहंदै आएको छ ।
प्रश्न– तपाईं जितेर गएपछि के कस्ता विकास गर्ने योजना बनाउनुभएको छ ?
द्विवेदी– मेरो नारा नै शिक्ष्Fा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी हो । मेरो क्ष्Fेत्रमा चार चारवटा ठूलठूला गेट बनाएर जनतालाई खोक्रो विकासका नाममा गुमराह गरिंदैछ । आज गाउँ–गाउँमा स्वास्थ्यको अवस्था नाजुक छ । शिक्ष्Fाको अवस्था नाजुक छ, विद्यालयहरुको दुर्दशाले ग्रामीण भेगका विद्यार्थीहरु ठूलो मर्कामा छन् । त्यो ठूलठूला गेट बनाउनुको साटो स्कूल, पाठशालाको विकास गर्नु पर्दैन ? युवाहरुलाई रोजगारीको ग्यारेन्टी गर्नु पर्दैन ? हो यी यस्ता अनेक विकासका लागि पार्टीहरुबाट केही नभएका कारण अब देशका तमाम युवाहरु अगाडि आउनुपर्छ र युवाहरुबाटै देशको विकास सम्भव भएको हुंदा ६८वर्षमाथिका बुढापाकालाई पाखा लगाउंदै युवाहरु राष्ट्र निर्माणका लागि एकजुट हुन आह्वान समेत गर्दछु ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला
प्रतिक्रिया