बारा, ३० जेठ ।
दुर्घटनामा बारामा दुईजनाको मृत्यु भएको छ ।
आज बिहान ९ बजे बारा जितपुरसिमरा उ.म.न.पा.२२ पूर्ब पश्चिम लोक राज मार्गमा २ न.पुल नजिक हेटौडाबाट वीरगंज तर्पm आउदै गरेको ना.७.ख.३९४८ न.को लहरी ट्रकले बा.प्र.०३–००४ प.१५१७ न.को मोटरसाइकललाई ठक्कर दिंदा दुईजनाको मृत्यु भएको छ ।
दुर्घटनामा बारागढी गा.पा.१ भवानीपुर बस्ने वर्ष २६ को देबेन्द्र बछार चौधरी र पछाडी सवार निजकै श्रीमती वर्ष २२ की नन्द चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
प्रतिक्रिया