लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले जनकपुरधाम उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ ।
लोसपा धनुषा कार्यसमितिले जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि प्रमेश्वर साह, मनोज चौधरी, अमर पजियार, संजय कुमार चौधरीको नाम सिफारिस गरेकोमा मनोज चौधरीले टिकट पाएका हुन् । यस्तै लोसपाले जनकपुरको उपमेयरमा रिता झालाई टिकट दिएको छ । मनोज चौधरीले २०७० को संविधानसभा चुनावमा शरतसिंह भण्डारी नेतृत्वको तत्कालिन राष्ट्रिय मधेश समाजवादी पार्टीबाट प्रतिस्पर्धा गरेका थिए भने रिता झाले यसअघि पनि जनकपुरधाम उमहानगरपालिकाको उपमेयरमा जितेकी थिइन् ।
The post लोसपाबाट जनकपुरधामको मेयरमा मनोज चौधरी र उपमेयरमा रिता झालाई टिकट appeared first on Janakpur Today.
* This article was originally published here
प्रतिक्रिया