पाल्पा । पाल्पाको रैनादेवी छहरा–६, जुठापौवामा शुक्रवार बेलुकी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।
शुक्रवार बेलुकी ५ बजेतिर रैनादेवी छहरा गाउँपालिका–६, पानीधाराबाट जुठापौवा जाँदै गरेको ग १ ख ४९०२ नम्बरको बस ५ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा परी रैनादेवी छहरा–६, धारापानीका ४२ वर्षका बेदबहादुर जीसी र १० वर्षका अशोक रास्कोटीको मृत्यु भएको छ । दुर्घटनामा सोही स्थानका ७ वर्षका रोहित घर्ती, आठ वर्षका मिलन बगाले, ८ वर्षका रोमन घर्ती, ९ वर्षका खिमबहादुर घर्ती गम्भीर घाइते हुनुभएको छ ।
गम्भीर घाइते चार जनाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।बस कच्ची सडकदेखि चार सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । साँघुरो बाटोमा बस अत्यधिक गति भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।
प्रतिक्रिया