वीरगंज, २ वैशाख/
वीरगंजका वरिष्ठ पत्रकार एवं उत्थान साप्ताहिकका सम्पादक सुदर्शनराज पाण्डेलाई पितृशोक परेको छ ।
नयाँ वर्ष २०७९ वैशाख १ गते का दिन पत्रकार पाण्डेका पिता भीमकेशर पाण्डेको ८५ वर्षको उमेरमा निधन भएको छ । उनी काठमाडौं, कलङ्कीमा बस्दै आएका थिए । उनकै सोही दिन अन्त्येष्टी गरिएको छ । स्व पाण्डेको ५ जना छोरा र २ जना छोरी छन् ।
प्रतिक्रिया