Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

बयासी हजार २१० उम्मेदवारद्वारा मनोनयन दर्ता

SHARE: 520

काठमाडौँ। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ८२ हजार २१० उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । आयोगमा राति ८ः३० बजे प्राप्त विवरणअनुसार निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणीकरण भई निर्वाचन आयोगमा प्राप्त विवरणअनुसार उम्मेदवारको सो दर्ता सूची देखिएको हो ।

निर्वाचन कार्यतालिका अनुसार आइतबार र सोमबार गरी दुई दिन मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो । पहिलो दिन वैशाख ११ गते तुलनात्मक रुपमाकम सङ्ख्यामा मनोनयन दर्ता भए पनि दोस्रो दिन १२ गते ठुला दलका उम्मेदवारसहित सबै उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ ।

प्रदेशस्तरमा मनोनयन दर्ता

प्रदेशस्तरमा मनोनयन दर्ताको अवस्था हेर्दा सबैभन्दा बढी मधेस प्रदेशमा मनोनयनदर्ता भएको देखिएको छ । सो प्रदेशको प्रमुखमा ८३५, अध्यक्षमा ६०८, उपप्रमुखमा ४२४, उपाध्यक्षमा ३१६, वडा अध्यक्षमा ४७६१, महिला सदस्यमा ३०४६, दलित महिला सदस्यमा २९२१, खुला सदस्यमा ६१९० गरी जम्मा १९ हजार १०१ जनाको मनोनयन दर्ता भएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशमा १४ हजार ७६२ जनाको मनोनयन दर्ता भएको छ । सो प्रदेशको प्रमुखमा २९९, अध्यक्षमा ४३६, उपप्रमुख २१८, उपाध्यक्ष ३१९, वडाध्यक्ष ३४२३, महिला सदस्य २५०६, दलित महिला सदस्य २३२२ र खुला सदस्य ५२३९ मनोनयन दर्ता भएको छ ।

लुम्बिनी प्रदेशमा १४ हजार ७६२ जनाको मनोनयन दर्ता भएको छ । सो प्रदेशको प्रमुखमा २९९, अध्यक्षमा ४३६, उपप्रमुख २१८, उपाध्यक्ष ३१९, वडाध्यक्ष ३४२३, महिला सदस्य २५०६, दलित महिला सदस्य २३२२, खुला सदस्य ५२३९ मनोनयन दर्ता भएको छ । सोहीअनुसार प्रदेश १ मा १४ हजार ९३४ जनाले मनोनयन दर्ता गराउनुभएको छ । सो प्रदेशको प्रमुखमा ३३३, अध्यक्ष ४३१, उपप्रमुख २२७, उपाध्यक्ष ३४६, वडा अध्यक्ष ३५४४, महिला सदस्य २५३५, दलित महिला सदस्य २२१८ र खुला सदस्यमा ५३०० मनोनयन दर्ता भएको छ ।

त्यस्तै, बागमती प्रदेशमा जम्मा १३ हजार २९४ जनाले मनोनयन दर्ता गर्नुभएको छ । सो प्रदेशको प्रमुख ४१६, अध्यक्ष ४३२, उपप्रमुख २४४, उपाध्यक्ष २७३, वडाध्यक्ष ३४१२, महिला सदस्य २१४३, दलित महिला सदस्य १७७७ र खुला सदस्य ४५९७ मनोनयन दर्ता भएको छ ।

सोहीअनुसार गण्डकी प्रदेशमा ६ हजार ५९३ मनोनयन दर्ता भएको छ । सो प्रदेशको प्रमुखमा १५७, अध्यक्षमा १९७, उपप्रमुखमा ९२, उपाध्यक्ष १५६, वडाध्यक्ष १५८८, महिला सदस्य १०७९, दलित महिला सदस्य ९६८, खुला सदस्य २३५६ मनोनयन दर्ता भएको छ ।

कर्णाली प्रदेशमा जम्मा ६ हजार ६१८ उम्मेदवारी परेको छ । सो प्रदेशको प्रमुखमा १३५, अध्यक्ष २१७, उपप्रमुख ११५, उपाध्यक्ष १८७, वडाध्यक्ष १७३६, महिला सदस्य १०८२, दलित महिला सदस्य ९२० र खुला सदस्य २२२६ मनोनयन दर्ता परेको छ ।

सोहीअनुसार सुदूरपश्चिम प्रदेशमा जम्मा ६ हजार ९०८ मनोनयन दर्ता भएको छ । सो प्रदेशमा प्रमुखमा १६८, अध्यक्ष १७६, उपप्रमुख १२५, उपाध्यक्ष १२९, वडाध्यक्ष १७१२, महिला सदस्य ११६३, दलित महिला सदस्य १०५५ र खुला सदस्य २३८० मनोनयन दर्ता भएको छ ।

यसरी सातवटै प्रदेशको जम्मा प्रमुखमा २ हजार ३४३, अध्यक्ष २ हजार ४९७, उपप्रमुख १ हजार ४४५, उपाध्यक्ष १ हजार ७२६, वडाध्यक्ष २ हजार १७६, महिला सदस्य १३ हजार ५५४, दलित महिला सदस्य १२ हजार १८१ र खुला सदस्य २८ हजार २८८ जनाको मनोनयन दर्ता भएको छ ।




प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: बयासी हजार २१० उम्मेदवारद्वारा मनोनयन दर्ता
बयासी हजार २१० उम्मेदवारद्वारा मनोनयन दर्ता
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/04/1578194833Nirwachan-aayog-election-ns-1024x488-1.jpeg
Brahmastr Daily
https://www.brahmastra.com.np/2022/04/blog-post_538.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2022/04/blog-post_538.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content