रौतहटको चन्द्रपुर नगरपालिका ३ भोलनटारमा शनिवार दिउँसो आगलागी हुँदा ६ वटा र एउटा गोठ जलेर नष्ट भएको छ ।
आगलागीबाट घरमा भएका सवै सामानहरु जलेका छन् । स्थानीय हस्तबहादुर स्याङतानको घरमा लाइटर पड्केर आगलागी सुरु भएको बताइएको छ ।
आगलागीबाट उनका दुईवटा घर र गोठ तथा छिमेकीका घर जलेर नष्ट भएका छन् । चन्द्रपुर, हरिवन , निजगढ नगरपालिकाका दमकल पुगे पनि आगो नियन्त्रणमा नआएको र निभाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ ।
The post रौतहटको भोलनटारमा आगलागी, ६ घर जलेर नष्ट appeared first on Janakpur Today.
* This article was originally published here
प्रतिक्रिया