Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

माझीफेदाका ६७९ घरमा ‘एक घर, एक धारा’

SHARE: 520

बनेपा। काभ्रेपलाञ्चोकको कोसीपारिस्थित चौँरीदेउराली गाउँपालिका–३ सलम्बुका ङेमादोर्जे लामा आफ्नै आँगनमा खानेपानी धारा आएपछि औधी खुसी हुनुहुन्छ । गाउँभरिमा एउटा धारा हुँदा पानी थाप्ने भनेर विगतमा हानाथाप हुने गर्दथ्यो । उहाँले भन्नुभयो“ घरकै आँगनमा धाराबाट पानी आउन थाल्यो । पानीको जोहो गर्न छुट्टै समय छुटाउनुपर्ने बाध्यताको अन्त्य भयो ।”

सोही वडाका दमाराका मानबहादुर घिसिङले यसअघि १५ दिनमा एक पटक पानी आउने गरेकामा अहिले घरघरमै धारा आएपछि निकै सहज भएको बताउनुभयो । यसअघिको भन्दा अहिलेको खानेपानी आयोजनाले गाउँमा नयाँ उमङ्ग थपेको स्थानीय बासिन्दा बताउँछन् । एक घर एक धारा आयोजना सम्पन्न भएर पानी उपभोग गर्न पाएसँगै गाउँका दुई जनाले रोजगारसमेत पाएका छन् ।

गाउँमा पानीको समस्या समाधान गरेर वडाले आफ्नो दायित्व पूरा गरेको वडा नं ३ का अध्यक्ष विनोद घिसिङले जानकारी दिनुभयो । रामेछाप जिल्लाको सिमाना जोडिएको जिल्लाको दुर्गम कोसीपारिको सो वडाका बासिन्दाका लागि आवश्यक खानेपानीको धारा जडान र आधारभूत खानेपानीको पहुँचयुक्त वडा घोषणा गर्न सफल उहाँको भनाइ छ ।

चौँरीदेउरालीका अध्यक्ष दीननाथ गौतमले पालिका स्थापना भएपछि आयोजनाको प्राथमिकताका आधारमा काम गर्दै आएको र तीमध्ये खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । “सिङ्गो गाउँपालिकालाई नै खानेपानी समस्यामुक्त पालिका घोषणा गर्ने लक्ष्यअनुरूपमा काम भइरहेको छ”, उहाँले भन्नुभयो, “भूकम्पपछि छवटा वडालाई सुक्खाग्रस्त वडा घोषणा गरेर त्यहीअनुसार खानेपानी क्षेत्रमा काम अगाडि बढाइरहेका छौँ ।”

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले चौँरीदेउरालीले अगाडि सारेको ‘एक घर, एक धारा’ अभियान पूर्णता पाउने अवस्थामा पुगेको जानकारी दिनुभयो । वडा नं १ मा पानीको मुहान नै भएकाले धेरै नै पूरा भइसकेको, वडा नं २ नाग्रेगगर्चेमा लिफ्टिङको आयोजना अगाडि बढिरहेको, वडा नं ४, ५ र ६ को लागि चौँरीखोला लिफ्टिङ खानेपानी आयोजनाको काम सञ्चालन भइरहेको तथा वडा नं ७ मादनकुँडारीमा खानेपानी र सिँचाइ दुवैलाई हुने गरी चाँैरीखोला मादनकुँडारी लिफ्टिङ खानेपानी आयोजना सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । खानेपानीसँगै प्रदेश सरकारले प्राविधिक शिक्षा, सडक र अन्य भौतिक पूर्वाधार विकासका काममा आवश्यक बजेट व्यवस्थापन गरी जनताको आवश्यकता पूर्ति गर्न लागिरहेको बताउनुभयो ।

सांसद गङ्गाबहादुर तामाङले एक घर एक धारा अभियानलाई पूरा गर्नका लागि बजेटको केन्द्रिकरण गर्दै थालेको कामले सार्थकता पाएसँगै उपभोक्ताको चाहना पूर्ति गर्न सफल भएको जानकारी दिनुभयो ।

माझीफेदालाई ‘एक घर, एक धारा’ निर्माण पूरा गरेपछि आधारभूत खानेपानी पहुँचयुक्त वडा घोषणा गरिएको छ । त्यहाँका ६७९ घरपरिवारलाई घर–घरमा खानेपानीको पक्की धारासहित आधारभूत खानेपानीको पहुँच पु¥याएपछि सांसद तामाङ र बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री ढकालले संयुक्त रूपमा शुभारम्भ गर्नुभएको थियो ।




प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: माझीफेदाका ६७९ घरमा ‘एक घर, एक धारा’
माझीफेदाका ६७९ घरमा ‘एक घर, एक धारा’
https://onlineradionepal.gov.np/wp-content/uploads/2020/10/dhara_1.2.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2022/04/blog-post_21.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2022/04/blog-post_21.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content