
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शनिबार) दिउँसो २ बजे बस्दैछ ।
बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल हुनेकाग्रेंसले जनाएको छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।
प्रतिक्रिया