Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

भ्रातृ संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्छ : नेता डा कोइराला

SHARE: 520

काठमाडौँ ।नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले भ्रातृ एवं शुभेच्छुक संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ५३औँ वार्षिकोत्सवका अवसरमा नेविसङ्घ उपत्यका क्याम्पस एकाइले आयोजना गरेको ‘स्थानीय निर्वाचनमा नेविसङ्घको भूमिका र पार्टीको दायित्व’ विषयक अन्तरक्रियामा उहाँले भ्रातृ एवं शुभेच्छुक संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताउनुभएको हो ।

“हामी के कारणले कम्युनिष्टसँग मिलेर निर्वाचनमा जान खोजिरहेका छौँ, कांग्रेस एक्लै लड्यो भने पनि आफ्नो गन्तव्यमा पुग्न सक्छ”, डा कोइरालाले भन्नुभयो । उहाँले काँग्रेसलाई कुनै शक्तिको वैशाखी टेक्नु नपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई जिताउन सबै विद्यार्थी लाग्नुपर्ने बताउनुभयो । नेविसङ्घलाई पूर्णता दिए मात्र कांग्रेस बलियो हुने उहाँको भनाइ थियो ।

कांग्रेस उपसभापति धनराज गुरुङले नेविसङ्घको भविष्यलाई अँध्यारोमा राखेर कांग्रेसको भविष्यमा उज्यालो खोज्न नहुने बताउनुभयो । उहाँले पार्टीको वैचारिक धरातललाई थाँती राखेर प्राविधिक धरातल खोज्न जाँदा पार्टी सङ्कटमा पर्ने भन्दै यसप्रति कांग्रेस नेतृत्व सजग हुनुपर्ने बताउनुभयो ।

“कांग्रेस बचाउनका लागि बाहिर धामीझाँक्री खोज्नुभन्दा नेविसङ्घ बचाउन जरुरी छ”, उहाँले भन्नुभयो । उहाँले आगामी निर्वाचनमा काँग्रेसलाई जिताउन भरमग्दुर प्रयत्न गर्नुपर्ने बताउनुभयो । काँग्रेसलाई तालमेलले भन्दा पनि एजेन्डाले जिताउनुपर्ने उहाँको भनाइ थियो ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन लगत्तै नेविसङ्घ केन्द्रीय कार्यसमितिले पूर्णता पाउने बताउनुभयो । “नेविसङ्घको वर्तमान कार्यसमितिले नै निर्वाचन गर्छ”, उहाँले भन्नुभयो ।

महामन्त्री थापाले काँग्रेसले आफ्ना मतदाता बढाउने गरी सङ्गठन विस्तारमा लाग्नुपर्ने बताउनुभयो । “विगतमा बनेका सरकार हेर्दा पनि कम्युनिष्टसँग गठबन्धन गर्दा भरपर्दो देखिँदैन, कम्युनिष्ट पार्टीको गठबन्धनमा कांग्रेस सरकार बन्ने प्रवृत्तिको अन्त्यका लागि काँग्रेसले सङ्गठन विस्तार गर्नुपर्छ”, उहाँले भन्नुभयो । कांग्रेस सङ्गठनलाई बलियो बनाउने गरी कांग्रेसको सङ्गठन विस्तार गर्नुपर्ने उहाँको भनाइ थियो ।

कांग्रेस सह महामन्त्री बद्री पाण्डेले पर्यटन, कृषि र जलविद्युत्को माध्यमबाट देशको आर्थिक विकास गर्नका लागि कांग्रेस प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । नेविसङ्घले मुलुकमा कम्युनिष्ट प्रवृत्तिको अन्त्यका लागि लड्नुपर्ने बेला आएको उहाँको भनाइ थियो ।

काँग्रेसका सह महामन्त्री जीवन परियारले पार्टीले म्याद सकिएका सबै भ्रातृ संस्थालाई यथाशक्य चाँडो पूर्णता दिने बताउनुभयो । “निर्वाचनमा काँग्रेसले भ्रातृ संस्थालाई चलायमान बनाउन नसक्नु दुःखद हो”, उहाँले भन्नुभयो ।

सह महामन्त्री परियारले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीले स्थानीय आवश्यकताअनुसार तालमेल गर्ने भनी स्थानीय तहलाई तालमेलको अधिकार दिएको भन्दै सोहीअनुसार कांग्रेस अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले नेविसङ्घको इतिहास जोगाउने जिम्मा विद्यार्थीको काँधमा आएको बताउनुभयो । पार्टीले नेविसङ्घको कार्यसमितिलाई चाँडो पूर्णता दिनुपर्ने उहाँको भनाइ थियो ।

कांग्रेस नेता डा मीनेन्द्र रिजालले कांग्रेस एकजुट भए कुनै शक्तिले हराउन नसक्ने बताउनुभयो । राजनीतिमा भविष्य हेरेर गठबन्धन गर्नुपर्ने उहाँको भनाइ थियो । कांग्रेस नेता गुरुराज घिमिरेले अहिलेको गठबन्धनलाई अन्तिम बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले नेविसङ्घलगायतका भ्रातृ संस्थालाई चाँडै पूर्णता दिन नेतृत्वलाई आग्रह गर्नुभयो ।

नेविसङ्घका पूर्वअध्यक्ष केशव सिंह, रञ्जित कर्ण, पूर्व महामन्त्री मनोजमणि आचार्य, पूर्व उपाध्यक्ष डिल्लीराम सुवेदी, पूर्व कोषाध्यक्ष शिव रिमाल, पूर्वकेन्द्रीय सदस्य मोतिलाल भण्डारी, नेविसङ्घ रत्नराज्य लक्ष्मी क्याम्पसका सभापति पुस्कर बाँस्तोलालगायतले नेविसङ्घलाई वर्तमान पार्टी नेतृत्वले बुझ्न नसक्दा नेविसङ्घ कमजोर बन्दै गएको बताउनुभएको थियो ।




प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: भ्रातृ संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्छ : नेता डा कोइराला
भ्रातृ संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्छ : नेता डा कोइराला
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/04/HB_GANDAKI_SHEKHARKOIRALA-1024x636.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2022/04/blog-post_106.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2022/04/blog-post_106.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content