मधेस प्रदेश सभामा थप एउटा विधेयक पारित भएको छ ।
सोमबार बसेको मधेस प्रदेश सभाको आठौं अधिवेशनको १३ औँ बैठकबाट ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित गरेको छ । प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएसँगै मधेस प्रदेशमा पारित हुने विधेयकको संख्या ४४ पुगेको छ ।
आजको बैठकमा सभामुख सरोजकुमार यादवले रूलिंग गरेपछि बैठकमा मन्त्रीहरुले सदनमा उठेको प्रश्नको जबाब दिएका थिए । प्रदेश सभाको अर्को बैठक चैत १६ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।
The post प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मधेस प्रदेशसभाबाट सर्वसम्मतले पारित appeared first on Janakpur Today.
* This article was originally published here
प्रतिक्रिया