वीरगंज, २६ फागुन/
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवार वीरगंजमा नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं महाधिवेशनको उद्घाटन गरेका छन् ।
कार्यक्रममा प्रम देउवाले देश विकास गर्न घरेलु तथा साना उद्योगको महत्वपूर्ण भूमिका रहेको बताए । उनले कोभिडको कारण समस्यामा परेका उद्योगहरुको समस्या समाधान गर्ने आश्वासन दिए ।
महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीको अध्यक्ष्Fतामा भएको कार्यक्रममा खानेपानी तथा ऊर्जामन्त्री उमाकान्त चौधरी, प्रदेशमन्त्री ओमप्रकाश शर्मा, वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया