वीरगंज, २९ फागुन/
जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छली ल्याएको मेडिकल सामग्रीसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।
प्रज्ञापनपत्रविनाको मेडिकल सामग्री तथा खुद्रा मालबस्तुहरू लोड गरी वीरगंजबाट काठमाण्डौ लादै गरेको सूचनाको आधारमा शनिवार राति वीरगञ्ज महानगरपालिका वडा नं. १४ गण्डक सडकखण्डमा प्रदेश १२००१ ख ९२५२ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
ट्रकलाई आवश्यक कारबाईको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको जिप्रका, पर्साले जनाएको छ ।
प्रतिक्रिया