नेपालमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ९ सय ७८ पिसिआर परिक्षणका क्रममा ४१ जना र १ हजार ७ सय ७४ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १ सय ४७ जना कोरोना मुक्त हुदा हालसम्म नेपालमा ९ लाख ६३ हजार १ सय ११ जना निको भएका छन् । हाल नेपालमा ३ हजार १ सय ३५ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
The post थप ४५ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ४७ जना संक्रमणमुक्त appeared first on Janakpur Today.
* This article was originally published here
प्रतिक्रिया