कलैया, ३० फागुन । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता विधेयकमा विभेद गगरिएको बताउनुभएको छ । उहांले एउटै देशको फरक समुायको लागि फरक फरक कानून भएकोले मधेसी जनतामाथि विभेद भएको बताउनुभयो ।
बाराको देवताल गाउ"पालिकामा आयोजित होली मिलन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै अध्यक्ष ठाकुरले विदेशी बुहारीलाई विवाह गरेको सात वर्षपछि मात्रै नागरिकता पाउने विधेयकमा व्यवस्था गरेर छेकबार लगाउने कानून बनाएको बताउनुभयो । आफूहरुको अनुरोधमा ओली सरकारले नागरिकता सम्बन्धी अध्यादेश ल्याए पनि सर्वोच्च अदालतले खारेज गरी दिएकोले लाखौं नागरिकको भविष्य अन्यौलमा परेको ठाकुरले बताउनुभयो ।
उहांले १६–१७ हजार नागरिकको हत्या गर्ने एकजना पनि माओवादीका नेता, कार्यकर्ताहरु जेलमा छैनन् । आप्mनो पार्टी, कार्यकर्ताविरुद्ध झूटा मुद्दा चलाएर जेलमा थुनेको आरोप लगाउनुभयो । ठाकुरले एमसिसी नेपालको हितमा छ भनी आफनो दलले समर्थन गरेको बताउंदै एमसिसी राष्ट्रघाती छ भनी सडकमा कार्यकर्ता उतार्नेहरुले रातारात एमसिसी संसदबाट पारित गरेर दोहोरो चरित्र देखाएको बताउनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले आउंदो निर्वाचनमा लोसपा मधेसमा एक नम्बर पार्टी बन्ने दावी गर्नुभयो । देवताल गापाका अध्यक्ष चन्दन सिंहको सभापतित्वमा भएको कार्यक्रममा संघीय सांसद रामएकबाल मियां, जिल्ला विकास समिन्विय समिति बाराका सभापति नवलकिशोर सिंहलगायतले सभामा सम्बोधन गर्नुभएको थियो । सो अवसरमा ठाकुर, सोनल र सिंहले देवताल गाउंपालिकाले निर्माण गरेको वडा नं. १ र २ कार्यालय भवन, स्वास्थ्य चौकी र बर्थिङ सेन्टरको उद्घाटन गर्नुभएको थियो ।
प्रतिक्रिया