Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

बैंकिङ्ग समस्या र नीतिगत जटिलताका सम्बन्धमा वीरगंजका उद्योगी र राष्ट्र बैङ्कका गभर्नरबीच छलफल

SHARE: 520

वीरगंज । वीरगंजबाट गएको उद्योगी व्यवसायीहरूको टोलीले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरी विद्यमान बैंकिङ्ग समस्या र नीतिगत जटिलताका सम्बन्धमा विस्तृत रुपमा छलफल गरेको छ । 

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आज राष्ट्र बैङ्कमै पुगेर गभर्नर महाप्रसाद अधिकारीसँग उहाँकै कार्यकक्षमा भेटघाट तथा छलफल गरेको छ । सो अवसरमा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. गुप्ताले नेपाल राष्ट्र बैङ्कबाट मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत उत्पादनमूलक उद्योगलाई न्यून ब्याज दरमा ऋण उपलब्ध गराउने र सम्पत्ति अभिलेखीकरण गर्ने घोषणा स्वागतयोग्य रहेको बताउनुभयो । 

उहाँले नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति मार्फत इन्टरबैंकिङ्गको ब्याज दरलाई ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत निर्धारण गरिएको छ । त्यस्तै पुन कर्जा ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत निर्धारण गरिएको छ । इन्टरबैंकिङ्ग ब्याज दर र पुन कर्जालाई बढाइएकोमा  उद्योगी/व्यवसायीहरूलाई मर्का परेको बताउँदै त्यसलाई   ५ प्रतिशतमा सीमित राख्न सुझाव दिनुभयो । 

उहाँहरूले उद्योग, व्यापार, आयात, निर्यात व्यवसाय थप गतिशील हुने तर्फ गभर्नरको ध्यानाकर्षण गराउनु भएको थियो । अध्यक्ष डा. गुप्ताले कोभिडबाट प्रभावित उद्योगलाई राष्ट्र बैङ्कले वाणिज्य बैङ्क मार्फत उपलब्ध गराउने सुविधालाई अर्धवार्षिक मौद्रिक नीति समीक्षा मार्फत वाणिज्य बैङ्कको स्वविवेकमा छाडिदिएकोले वाणिज्य बैङ्कले त्यस्तो सुविधा आफूखुसी दिने गरिरहेको र कोभिडका कारण हाल पनि धेरै उद्योगहरू प्रभावित नै रहेकाले त्यस्ता उद्योगहरूलाई राहत प्रदान गर्न केही राहतका प्याकेजहरू कायम नै राख्नुपर्ने बताउनुभयो । 

भेटघाट तथा छलफलका क्रममा वीरगंजका उद्योगी व्यवसायीहरूले मौद्रिक नीतिले व्यवसायको टर्न ओभरको २० प्रतिशत मात्र ऋण उपलब्ध गराउने व्यवस्था गरेको जुन उपयुक्त नदेखिएको हुँदा सो प्रावधान हटाउनु पर्ने, बैङ्कको ब्याज दर सिङ्गल डिजिटमा हुनुपर्ने, क्रेडिट एक्ट ल्याउनु पर्ने, ५ सय र २ हजार दरका भारतीय मुद्रा बोक्ने अनुमति प्रदान गर्नु पर्ने बरु मुद्रा बोक्नेसँग स्रोत खोज्न सकिने व्यवस्था लागु गर्न आग्रह गरेका थिए । 

उद्योगी व्यवसायीहरूसँगको छलफलमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रको माग र गुनासोलाई सक्दो चाँडो सम्बोधन गर्ने र मौद्रिक नीतिको नीतिगत एवम् व्यवहारिक त्रुटिहरूलाई समय सापेक्ष परिमार्जन एवम् संशोधन गर्दै जाने बताउनुभयो । 

उहाँले राष्ट्र बैङ्कका विभिन्न विभागका प्रमुखहरूसँग छलफल गरी बैंकिङ्ग सम्बन्धी नीतिगत समस्यालाई सहज तुल्याउने बताउनुभयो । गभर्नर अधिकारीले निकट भविष्यमा नै नेपाल राष्ट्र बैङ्कका विभिन्न विभागका प्रमुखहरू सहित निजी क्षेत्रसँग वीरगञ्जमा वृहत् छलफल गर्ने समेत बताउनुभयो । 

भेटघाटका क्रममा वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष हरि गौतम, महासचिव मनोजकुमार दास, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल लगायतको उपस्थिति रहेको थियो । 




प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: बैंकिङ्ग समस्या र नीतिगत जटिलताका सम्बन्धमा वीरगंजका उद्योगी र राष्ट्र बैङ्कका गभर्नरबीच छलफल
बैंकिङ्ग समस्या र नीतिगत जटिलताका सम्बन्धमा वीरगंजका उद्योगी र राष्ट्र बैङ्कका गभर्नरबीच छलफल
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/02/%E0%A4%B5%E0%A5%80%E0%A4%B0%E0%A4%97%E0%A4%82%E0%A4%9C%E0%A4%95%E0%A4%BE-%E0%A4%89%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A5%80-%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%B5%E0%A4%B8%E0%A4%BE%E0%A4%AF%E0%A5%80-%E0%A4%B0-%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0-%E0%A4%AC%E0%A5%88%E0%A4%82%E0%A4%95%E0%A4%95%E0%A4%BE-%E0%A4%97%E0%A4%AD%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A4%B0-%E0%A4%B5%E0%A4%BF%E0%A4%9A-%E0%A4%9B%E0%A4%B2%E0%A4%AB%E0%A4%B2-1024x498.jpeg
Brahmastr Daily
https://www.brahmastra.com.np/2022/02/blog-post_79.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2022/02/blog-post_79.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content