बारा, २२ माघ ।
खाना पकाउने क्रममा ग्यासको सानो चुलोबाट आगलागी हुंदा पति–पत्नी घाइते भएका छन् ।
शुक्रवार बिहान ११ बजे कलैया उ.म.न.पा.–८ देवीगंज बस्ने ६० वर्षीया पत्नी नीलमले बिहान भान्सामा सानो ग्याँस चुलोमा चिया पकाउने क्रममा अचानक नीलमको लुगामा आगो सल्किदा खुट्टादेखी छाति सम्म जलेको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा उनका पति वर्ष ६५ को ईनल दासको दुबै हातमा पोलेको प्रहरीले जनाएको छ ।
घाइते दुवैको राजलक्ष्मी अस्पताल कलैयामा उपचारपछि थप उपचारको लागि नीलमलाई काठमाडौंको वर्ण अस्पताल कीर्तिपुर पठाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया