पर्सा । कर्मचारी माथि जनप्रतिनिधिको श्रीमानले दुव्र्यवहार गरेको विषयमा बिहीवार कर्मचारीहरूले जिल्ला प्रशासनको कार्यालय पर्साको मुलगेटमा प्रदर्शन गरेका छन् ।
पर्साको धोबीनी गाउँँपालिकामा माघ १३ गते योजना शाखा प्रमुख पप्पु पटेललाई वडा नम्बर १ की वडा सदस्य शान्ति देवीका श्रीमान् धर्मन राउत कुर्मी सहित स्थानीयले गाली गलौज सहित धम्की दिँदै २ घण्टा सम्म कोठा भित्र थुनेर दुव्र्यवहार गरेका थिए ।
गाउँँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजु साहले धर्मन राउत कुर्मीले श्रीमतीको नाममा सही सनाखत गर्दै गरेको जसलाई रोकिएको र त्यो निहुँमा उत्तेजित भएको बताउनुभयो । धर्मन राउत कुर्मीले भनेको ठेकेदार सँग काम गर्नु पर्ने दबाब दिएको तर नमान्दा कर्मचारी माथि आक्रमण भएको प्रमुख प्रशासकीय अधिकृत साहको भनाई छ ।
शान्ति सुरक्षाको माग सहित जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाउँदा समेत दोषी उपर कार्य नभएको भन्दै बिहीवार दुर्ई घण्टा धर्ना सहित प्रदर्शन गरिएको निजामती कर्मचारी सङ्गठन पर्सा जिल्ला अध्यक्ष अमित कुमार गिरीले जानकारी दिनुभयो ।
उहाँले दोषीलाई कारबाई नभए आन्दोलनको कार्यक्रम थप सार्वजनिक गर्ने जानकारी दिनुभयो । राष्ट्र सेवक कर्मचारीको मनोबल कम हुने र यसले नियमित काममा पनि प्रभाव पर्ने उनको भनाई छ ।
कर्मचारीहरू कार्यालयको कामकाज ठप्प पारी कार्यालय समय १०ः३० बजेदेखि ११ः३० बजे सम्म एक घण्टा जिल्ला प्रशास कार्यालयको मुल गेटमा धर्ना दिएका थिए । उनीहरूले षीलाई कारबाई गर, शान्ति सुरक्षा कायम गर, कर्मचारी एकता जिन्दावाद लगायतको नारा समेत लगाएका थिए ।
गाउँँपालिकाबाट कृषकलाई वितरण गर्नु पर्ने मोटर आफुले भनेको ठेक्दारमार्पmत खरिद नगरेको आक्रोशमा धर्मनसहितको समुहले योजना शाखा प्रमुख पप्पुलाई उनकै कार्यकक्षमा गाली गलौजसहित लछार पछार गर्दै कुटपिटको प्रयास समेत गरेको थियो । धर्मनसहितको समुहले पप्पुलाई उनकै कर्यकक्षमा २ घण्टा सम्म थुनी कोठा बाहिर समेत निस्कन दिएका थिएन ।
कर्मचारी संगठनले माघ १७ गते सोमवार कर्मचारी दुव्र्यवहार गर्ने कुर्मीमाथी कारबाईको माग गर्दै प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्रसमेत बुझाएको थियो ।
धर्ना कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन पर्साका सचिव सुरेन्द्र यादव, कोषाध्यक्ष राजेश राम, धोविनी गाउँँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साह, पटेर्वा सुगौली गाउँँपालिका र पोखरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्देश यादव, जगरनाथपुर गाउँँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहा, जीराभवानी गाउँँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्राण मेहता लगायतका कर्मचारीहरूको सहभागीता रहेको थियो ।
प्रतिक्रिया