![](https://onlineradionepal.gov.np/wp-content/uploads/2022/02/%E0%A4%B2%E0%A5%8B%E0%A4%B8%E0%A4%AA%E0%A4%BE-%E0%A4%AE%E0%A4%A7%E0%A5%87%E0%A4%B6-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A6%E0%A5%87%E0%A4%B6-%E0%A4%85%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B7-%E0%A4%9C%E0%A4%BF%E0%A4%A4%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0-%E0%A4%B8%E0%A5%8B%E0%A4%A8%E0%A4%B2-1.jpg)
वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टी मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले मधेस प्रदेशमा स्थानीय तहको निर्वाचन २०७९ असोज गर्न माग गर्नुभएको छ ।
सोनलले आज एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै २०७४ असोज २ गते मधेस प्रदेशका ८ जिल्लामा स्थानीय तहको निर्वाचन भएको हुँदा यस प्रदेशका जनप्रतिनिधिको अधिकार कुण्ठित नगर्न माग गरिएको छ ।
अध्यक्ष सोनलले संविधानले स्थानीय जनप्रतिनिधिको पदावधि ५ वर्ष हुन्छ भनेको छ ।
मधेस प्रदेशका जनप्रतिनिधिको कार्यकाल ५/६ महिना कटौती गर्ने अधिकार कसैलाई पनि नभएको र निर्वाचन आयोगलाई पनि यो अधिकार नरहेको दाबी गर्नुभयो ।
उहाँले स्थानीय निर्वाचन घोषणाको स्वागत समेत गर्नुभएको छ । सरकारले सोमबार मात्र स्थानीय तहको निर्वाचन ३० वैशाखमा देशभर एकै चरणमा गर्ने निर्णय गरेको छ ।
अघिल्लो पटक तीन चरणमा चुनाव भएको भए पनि स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार सबै जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने निर्वाचन आयोगले बताएको छ ।
२०७४ सालमा स्थानीय तहको निर्वाचन तीन चरणमा गरिएको थियो । तत्कालीन प्रदेश २ का ८ जिल्लामा २०७४ साल असोज २ गते स्थानीय तहको निर्वाचन भएको थियो ।
प्रतिक्रिया