वीरगंज, पर्सा, २१ माघ ।
बारामा असिना पानीले गर्दा जनजीवन प्रभावित भएका छन् । एक्कासि पानी पर्नाले खेतमा लगाएको आलू देखि लिएर तरकारीबालीमा असर पुगेको छ।
बाराको १६ पालिकाको विभिन्न ठाउँमा परेको असिना पानीले किसानलाई लाखौंको क्षति भएको छ । किसानलाई मात्र नभएर ईट्टा भट्टा सञ्चालन गरेका व्यावसायीहरूलाई झन् नोक्सानी भएको छ । लाखौं ईट्टाहरू वर्वाद भएको छ । सुवर्ण गाउँपालिका, देवताल गाउँपालिका, पचरौता नगरपालिका लगायतको नगरपालिकामा सञ्चालन रहेको चिमनी अर्थात ईट्टा भट्टमा ठुलो रकमको नोक्सानी भएको छ । बैमौसमी बर्षाले ईट्टाहरू बर्बाद भएका हुन । असिना पानीले सबै क्षेत्र प्रभावित बन्न पुगेका छन् ।नजिकै आएको वसन्तपञ्चमी बढी प्रभावित बन्न पुगेका छन् । विद्यार्थीहरूमा खुशीयाली छाउनुको सट्टा निराश छाएको छ । बारा लगायत मधेस प्रदेशको जनजीवन प्रभावित भएका हुन । मौसम खराब हुँदा, वृद्धवृद्धा, बालबालिका तथा चौपायाहरू बढी प्रभावित भएका हुन । तराईको तापक्रम एक्कासि घटेको र जोडको हावाले सर्वसाधारण जनतालाई समेत सास्ती भएको छ ।
बैमौसमी बर्षाबाट बच्न र सावधानी अपनाउन वृद्धवृद्धाले भनेका छन् ।
प्रतिक्रिया