सिरहा, ३ फागुन । सिरहाको गोलबजार नगरपालिका–१ बस्ने ३६ वर्षीय युवराज सिंह ठकुरी समेत ३ जनालाई करिब २८ किलो अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ ।
ठकुरीले घरमा गाँजा लुकाई छिपाई बिक्री गरिरहेको भन्ने सूचनाको अधारमा इलाका प्रहरी कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले सोमवार घर तलासी गरेको थियो ।
तसासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूले प्रयोग गरेको प्रदेश नम्बर २–०१–००३ प. ५२ १७ नम्बर र स.५ प १०२० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
प्रतिक्रिया