सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्लाका शिक्षण संस्थाहरू माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न निर्देशन दिनु भएका छन्। विश्व महामारीको रूपमा फैलिएको कोरोना नियन्त्रण भई नसकेका कारण माघ मसान्त सम्म शैक्षिक संस्था नखोल्न सोमबार उहाँले निर्देशन दिएका हुन् ।
विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ मसान्तसम्म भौतिक रुपमा उपस्थितिमा नगर्न भन्नुभएको हो। शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाएर सञ्चालन गर्न उहाँले निर्देशन दिनु भएका हुन।
त्यस्तै, सबै खाले परीक्षा सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालन गर्न पनि निर्देशन दिनुभएका छन्। सिनेमा हल, डान्स बार, दोहोरी नाच घर, क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र भिडभाड हुने कार्यक्रम पनि माघ मसान्तसम्म सञ्चालन नगर्न निर्देशन दिनुभएका हुन्।
जिल्लामा १ माघदेखि शैक्षिक शिक्षा बन्द भए पनि १६ माघदेखि सञ्चालनमा आएको र जिल्लामा कोभिडका बिरामी अझै बढी रहेकाले सो निर्देशन दिएको प्रजिअ गौतमले बताउनु भयो। निर्देशन विपरीत जिल्लामा अहिले पनि राजनीतिक दलको कार्यक्रम सभा सम्मेलन नगर्न उहाँले आग्रह गर्नु भयो।
प्रतिक्रिया