वीरगंज, १४ माघ/
अवैध उत्खनन गरेको बालुवा लोड भएका २१ वटा ट्रयाक्टर जिल्ला प्रहरी कार्यालय, पर्साले नियन्त्रणमा लिएको छ ।
आज बिहान पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.३२ भैडैया खोलाबाट अवैधरूपमा बालुवा उत्खनन् गरी बिक्री बितरण गर्ने उद्देश्यले वीरगंज–१६ नगवामा ल्याएको बालुवा लोड गरेको २१ वटा टयाक्टरसहित चालकलाई पक्राउ गरी बीरगञ्ज महानगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले १.ना.६ त ४१४२, २. ना.५ त ४२३९, ३. ना.५ त २७९०, ४. ना.६ त ४७९७, ५. को २ त ३५२१, ६.ना.१ त ७६०४, ७. ना.५ त २६०५, ८. प्र.२–०३–००१ त २८७२, ९. ना.३ त ७६०४, १०. प्र.०२–०३–००१ त ३४४२, ११. ना.५ त ८९६४, १२. प्र.२–०३–००१ त ३२३४, १३. ना.३ त २३५८, १४. मे १ ट ४८२८, १५. प्र–०२–०३–००त ५०८, १६. ना.६ त १३०३, १७. ना.५ त ४१५६, १८. ना.६ त १७५९, १९. ना.६ त ४७९९, २०. प्र.०२–०३–००१ त ७९४, २१. प्र.०२–००३–००१ त २८०९ नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिक्रिया