बारा, ९ माघ । बाराको परवानीपुर गाँउपालिका ३ लिपनीमालमा मन्दिर उदघाटनको बिषयमा लिएर दुर्ई पक्षबिच झडप भएको छ ।
प्रदेश २ को पुर्व भौतिक पुर्वाधार तथा विकाश मन्त्री जितेन्द्र सोनार कै कार्यकर्ता र स्थानीय युवा बिच झडप भएको हो । प्रदेश सभा सदस्य सोनारले पुख्र्याैली गाँउमा बनेको ब्रहमबाबाको मन्दिर जवरजस्ती उदघाटन गर्न खोजेपछि झडप भएको स्थानीयबासीले बताएका छन । स्थानीयका अनुसार सोनार भौतिक पुर्वाधार तथा विकाश मन्त्री हुदाँ मन्दिर निर्माणका लगाी ८ लाख बजेट छुट्याएका थिए । भने गाँउपालिकाले ५ लाख बजेट छुट्याएपछि मन्दिर निर्माण सम्पन्न भएको हो । शनिवार सम्पन्न भएको मन्दिरको उदघाटन सोनारले नै गर्न जवरजस्ती खोजेपछि विरोध भएको हो ।
जनताले तिरेको करबाट आएको सहयोग रकममा व्यक्तिले तानाशाही तरीकामा मन्दिर उदघाटन गरेर व्यक्तिगत नामको सिलालेख लगाउँने तयारी गरेपछि विरोध भएको स्थानीय राजेश यादवले बताए । उनका अनुसार जनताको भावना विपरित प्रहरी परिचालन गरेर ब्रहमबाबाको मन्दिर जवरजस्ती उदघाटन गर्न र आफ्नो नामको शिलालेख लगाउँन थालेपछि विरोध भएको हो । सोनार मन्दिर उदघाटन गर्न प्रहरी परिचालन गरेर पुगेपनि स्थानीय युवाहरूले विरोध गरेपछि उनी सहित उनका कार्यकर्ता लखेटेका थिए । सोनारलाई स्थानीय युवा घेराउ गर्ने थालेपछि प्रहरीले उनलाई बचाएर सुरक्षित स्थानमा लगेका हुन ।
प्रदेश सभा सदस्य सोनार पटक पटक मन्दिर,मस्जिद उदघाटन र आफ्नो नामको शिलालेख लगाउँनका लागी मरिहते गर्ने गरेका छन । लोसपा नेता सोनार विगतमा पनि धर्मको नाममा उदघाटन र आफ्नो नामको शिलालेख लगाउँनका विवाद गर्दै आएका छन । उनी धर्ममा राजनीति गर्ने खोजेपछि पटकपटक बिरोध भएको कतिपय उदाहरण छन । उनले परवानीपुर गाँउपालिका कै वडा नम्बर १ बुनियादमा गत २०७६ चैत ११ मा स्थानीय दलितलाई पुजाबाट रोक लगाएर महायज्ञको उदघाटन गरेका थिए ।
त्यसबेलामा पनि स्थानीय दलित परिवार पनि उनको विरोध गरेका थिए । यसअघि उक्त गाँउपालिकाको वडा नम्बर ५ नौतममा पनि सार्वजनिक धर्मशालाको उदघाटनमा वडा अध्यक्ष रामेश्वर कलवारले विरोध गरेपछि प्रहरी परिचालन गरेर उदघाटन गरे । त्यसबेला सार्वजनिक धर्मशाला निर्माणमा अनियमितता भएको ठहर भएपछि हतार हतारमा धर्मशाला उदघाटन र शिलालेख लगाउँनका लागी नै वडा अध्यक्ष कलवार सहित ५ जनालाई प्रहरी हिरासतमा पुरयाएका थिए । उनी निकटका अनुसार सोनार सस्तो लोकप्रियता लागी धर्म, शिक्षामा राजनीति गर्ने गरेका छन । केहि दिन अगाडी प्रदेश २ को राजधानी जनकपुर घोषणा भएपछि चर्चामा आउनलाई आफ्नो घर अज्ञात समुह द्वारा तोडफोड भएको भनेर हल्ला फिजाएका थिए । त्यसको पनि व्यापक विरोध भएपछि आलोचित नै भए ।
प्रतिक्रिया