अस्कर अवार्ड विजेता अभिनेता सिड्नी प्वाटिएको निधन भएको छ । सर्वोत्कृष्ट अभिनेताका रुपमा अस्कर अवार्ड जित्ने पहिलो अश्वेत कलाकार सिड्नीको ९४ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।
बहामियन अमेरिकन सिड्नीको अमेरिकाको लस एन्जलसमा निधन भएको हो । उनी ट्रेलब्लेजिङ अभिनेतासँगै सम्मानित मावनअधिकारकर्मी तथा कूटनीतिज्ञ पनि थिए ।
उनले सन् १९६३ मा ‘लिलिज अफ द फिल्ड’ चलचित्रका लागि सर्वोत्कृष्ट अभिनेताका रुपमा अस्कर जितेका थिए ।
मायामीमा जन्मिएका सिड्नीको बाल्यकाल बहमासको आलु फार्ममा बितेको थियो । उनी १६ वर्षको उमेरमा न्यूयोर्क गएका थिए ।
उनले हलिउडमा रहेको रंगभेदको पर्खाल भत्काउन सफल भएका थिए।
प्रतिक्रिया