केहि समय यता बारा पर्सा जिल्लाबाट राजश्व छलीको कारोवार गुणात्मक रुपमा बढदै गएको छ ।सिमामा खटिएको सुरक्षा कर्मिहरुकै मिलोमतोमा संस्थागत तस्करी बढेको स्थनियको आरोप छ । सीमा क्षेत्रमा खटिएका सशस्त्र र जनपद प्रहरीको मिलेमतोमा मौलाएको तस्करी नियन्त्रण हुन छाँटकाँट देखिएको छैन । सीमा क्षेत्रमा सरुवा भएर आउने प्रहरीहरुको रस्साकस्सीका कारण तस्करीको कारोवार नियन्त्रण भन्दा पनि संस्थागत रुपमा बढेको हो ।विगतमा सिमाबाट हुने पोके अवैध कारोवार झनै मौलाउँदै संस्थागत रुपमै लाइन खोलेर कारोबार भइरहेको छ ।
सशस्त्र प्रहरी बललाई सीमा क्षेत्रमा तस्करी नियन्त्रणमा लागि खटाएपनि उनीहरुकै प्रत्यक्ष संलग्नतामा पर्सा, बारासहित मधेस प्रदेशका आठ वटै जिल्लामा तस्करहरूलाई लाइन दिइएको खुलेको हो । वीरगञ्जका प्रायः सबै नाकाहरुबाट तस्करीको कारोवारमा अहिले बडावा भएको छ ।वीरगञ्जको खलवाटोला सिर्सिया नाकाबाट मदन रुन्चे समूहले लाइन खोलाएर जगरनाथपुर गोदाममा अनलोड गरी भुजा हालेको बिल बनाएर ट्रकमा कपला लोड गरी काठमाण्डौ पठाउने गरेको स्रोतको दाबी रहेको छ ।
यस्तै गरी पर्साका पश्चिमि सिमानाका भिष्वाबाट मरीच, छोकडा र मदिरा भारततर्फ निकासीका लागि किशोर, पप्पु र उमेश तेलीलाई लाइन उपलब्ध गराइएको रहस्य खुलेको छ । यस्तै कपडाको तस्करीका लागि हरिन्द्र पटेल ९जटाधारी० र हार्डवेयरका सामाग्रीका लागि मुन्ना मियालाई लाइन दिएको छ ।
वीरगञ्जको इनर्वा गाउँ हुँदै रातीको समयमा करीब २ सय भन्दा बढी ठेलाको माध्यमले कवाड भारत पुग्ने गरेको छ । रातभरी निर्वाध रूपले तस्करीको कार्य हँदा होहल्लाका कारण राति सुत्न समेत नसकेको ईनर्वा गाउँका स्थानीय बताउँछन् ।तस्करी नियन्त्रणमा लागि खटिने प्रहरी पनि रकम लिएर मुकदर्शक बन्ने गरेको स्थानीयको आरोपछ । केही बिचौलिया र केही तस्कर संगठनका मुख्य नाइकेहरूसँग मासिक लाखौँ रकम नजराना लिने गरेको तथ्य पनि प्रकाशमा आएको छ । उता बाराको मुसहर्वा, मटिअर्वा, सिम्रौनगढ, कचोर्वा लगायतका नाकाबाट पनि खुलेयाम तस्करी हुने गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् । स्रोतका अनुसार प्रकाश सहनीलाई राँगा, भैँसीको तस्करी गर्न लाइन खुल्ला गरिएको छ भने नुनु नामका व्यक्तिलाई खसी ल्याउन अनुमति दिइएको छ ।
यस्तै छोटेलाल पटेल, दीपक यादव, रविन्द्र साह, भोला यादव, बच्चा यादव, प्रभु यादवलाई कपडाको लाइन खुल्ला गरिएको छ । उनीहरुबाट सशस्त्र प्रहरी र जनपद प्रहरीले महिनावारी बुझ्ने गरेको पनि स्रोतले जनाएको छ ।
The post बारा पर्साबाट संस्थागत तस्करी मौलाउदै appeared first on Janakpur Today.
* This article was originally published here
प्रतिक्रिया