![](https://onlineradionepal.gov.np/wp-content/uploads/2022/01/%E0%A4%85%E0%A4%B5%E0%A5%88%E0%A4%A7-%E0%A4%97%E0%A4%BE%E0%A4%81%E0%A4%9C%E0%A4%BE-%E0%A4%B8%E0%A4%B9%E0%A4%BF%E0%A4%A4-%E0%A5%AA-%E0%A4%AA%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%89-2-1024x768.jpg)
वीरगंज । पर्सा प्रहरीले ८१ किलो ग्राम भन्दा बढी अवैध लागु औषध गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ ।
पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुर मौजे निवासी ६० वर्षीय गणेश साह कलवारले अवैध गाँजाको कारोबार गरी रहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले गएराति निजको घरमा छापामारी घरको खाटमुनि लुकाई राखेको अवस्थामा ७४ किलो ग्राम गाँजा सहित साह र उनका छोरा ३४ वर्षीय सन्तोष साह कलवारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एव डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।
त्यसैगरी गएराति नै पर्साको अमरपट्टि प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले विन्दवासिनी गाउँपालिका वडा नम्बर ४ अमरपट्टिबाट भौवा जाने बाटोमा शङ्कास्पद अवस्थामा भारत तर्फ गई रहेका पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ दोहोरी टोल बस्ने ३५ वर्षीय सुरेश दास र भारत विहार जिल्ला मोतिहारी भेलाही थाना १ बस्ने ४२ वर्षीय दसाही दासले बोकेको झोला चेकजाँच गर्दा ७ किलोग्राम लागु औषध गाँजा फेला परेको प्रवक्ता खनालले बताउनुभयो ।
गाँजा सहित दुवै जनालाई नियन्त्रणमा लिएको र अभियुक्तहरूलाई थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरीयाबाट लागु औषध कसुरमा आज अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडी बढाइएको प्रवक्ता खनालले बताउनुभयो ।
प्रतिक्रिया