कलैया,०६ माघ । कोरोनाविरुद्ध बुस्टर डोज बारा जिल्लामा आज र भोलि लगाइने भएको छ । स्वास्थ्य कार्यालय बाराका निमित्त प्रमुख रामनरेश यादवका अनुसार जिल्लामा बुस्टर डोजको लागि स्वास्थ्य संस्था वा स्थानीय तहमा गएर लगाउन सकिने छ ।
आज देखि सुरु हुने बुस्टर डोज, पहिलो चरणमा अग्रभागमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी, सरसफाइकर्मी, बारुणयन्त्र, एम्बुलेन्स चालक लगायतका लाई दिइनेछ ।
मंग्लवार जिल्ला खोप समन्वय समिति का अध्यक्ष प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको अध्यक्षता बसेको बैठकले दुई दिन बुस्टर डोज सन्चालन गर्ने निर्णय गरेको हो ।
दोस्रो डोज लगाएको ६ महिना भए मात्र बुस्टर डोज लगाउन सकिने निमित्त प्रमुख यादवले बताए ।
प्रतिक्रिया