बारा, ५ माघ ।
मोटरसाइकललाई टाटासुमोले ठक्कर दिंदा एकजना महिला घाइते भएका छन् ।
आज बिहान बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ सुक्लैयाबाट डुमरवानातर्फ आउंदै गरेको ना.४० प ४९५३ नं.को मोटरसाइकललाई विपरीत दिशाबाट आउंदै गरेको ना.१ ज ८८२१ नं.को सुमोले ठक्कर दिंदा मोटरसाइकल चालक जीतपुरसिमरा उपमनपा–१६ महेन्द्रनगर बस्ने पुरुषोत्तम खत्रीको पत्नी ५० वर्षीय शीला खत्री घाइते भएका छन् । घाइते खत्रीको अल्पाइन अस्पताल सिमरामा उपचार भइरहेको छ भने ठक्कर दिने सवारी साधन प्रहरीको नियन्त्रणमा छ ।
प्रतिक्रिया