वीरगंज – आर्थिक मिलोमतमा खुलाईएको व्यापारिक मार्गको ठेक्कामा अनियमितता भएको छ ।
४ करोड ३० लाखको व्यपारिक मार्ग वीरगंजको पावरहाउस देखि रजत जयन्ती चोक सम्म र रजत जयन्ती चोकदेखि मितेरी पूल सम्मको सडक निर्माण गर्नको लागी सागर र समा निर्माण कम्पनि संगको मिलोमतमा बिना प्रतिस्पर्धा एकल स्वीकृत हुने गरी टेण्डरको आहवान गरिएको स्थानीय निर्माण व्यवसायीले आरोप लगाएका छन । एकल प्रतिस्पर्धीलाई सिमित गराउने र एकै पटकमा ठेक्का स्वीकृत गराउने मनसायले खुलाईएको ठेक्काले राज्यको ढुकुटीबाट ३ करोडको क्षति पुर्याउने बदनियत रहेको उनीहरुको आरोप रहेको छ । व्यापारिक मार्ग बिस्तार वीरगंज पथलैयाले आर्थिक लोभको कारण एकल बोल पत्र बिना प्रतिस्पर्धी स्टिमेट बराबर्को रकम ठेक्का हुने गरी दाखिला गरिएको स्थानीय निर्माण ब्यसयिको आरोप छ । सो ठेक्काको बिरुद्धमा अखियार दुरुपयोग अनुसन्धान आयोग लगायत अन्य ठाउमा उजुरी पनि परेको छ । टेन्डर सिमित प्रतिस्पर्धा हुने खुलाईएको सहजै अनुमान गर्न सकिन्छ ।
बिना प्रतिस्पर्धाको ठेक्का स्वीकृत हुदा राज्यको ठुलो आर्थिक क्षति हुनेछ । एता आयोजना प्रमुख मनिस साह संग बुझ्दा उनले टेन्डर परेको तर यसबाट प्रसोधित गरी नियम संगत भएको निर्माण कम्पनीलाई योजना दिने बताए । उनले भने हामि काहा टेण्डरको लागी आएको कागजात र उक्त निर्माण कम्पनिले गरेको आगामी दिनका कार्य विबरण एवम उसको पछिलो रेकर्ड हेरेर दिने बताए । उनले मिलोमतमा टेण्डर भए वा कुनै चलखेल देखिए खारेज गरी पून आहवान गर्ने बताए ।
The post व्यापारिक मार्गको वीरगंज पथलैया ठेकामा अनियमितता appeared first on Janakpur Today.
* This article was originally published here
प्रतिक्रिया