भक्तपुर– नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा चयन भएका छन्। शुक्रबारबाट सुरु भएको आठौं जिल्ला अधिवेशनबाट देउजालाई सर्वसम्मत रूपमा चयन गरिएको हो।
शनिबार भएको बन्दसत्रमा देउजाको अध्यक्षतामा उपाध्यक्षमा वासुदेव थापा चयन भएका छन्। यस्तै सचिवमा मोहन वीर श्रेष्ठ, उपसचिवमा दामोदर दंगाल र मिलन सुवाल चयन भएका छन्।
निर्वाचन समितिका संयोजक शिवराम तिमल्सिनाका अनुसार देउजाको नेतृत्वमा १०५ सदस्यीय एमाले भक्तपुर जिल्ला कमिटी निर्वाचित भएको हो।
प्रतिक्रिया