बीरगन्ज,०६ माघ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुरले अवैध रूपले उत्पादन गरिएका १०० लिटर घरेलु मदिरा बरामद गरेकाे छ ।
शसस्त्र प्रहरी आउट पोस्ट भिखमपुरका प्रहरी निरीक्षक निरन्जन कार्कीको नेतृत्वमा खटिएको टोलीले जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ मोरटोलबाट मोटरसाइकलमा लोडरहेको १०० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको हो ।
घरेलु मदिराकै कारण समाजमा हत्या, हिंसा, बलात्कारलगायत जघन्य आपराधिक घटना वृद्धि भएको, शान्तिसुरक्षामा असर पारेको र एकापसमा द्वन्द्व तथा तनाव सिर्जना भइ समुदायमै नकारात्मक असर पार्ने भएका प्रहरीले जनाएकाे छ ।
सशस्त्र प्रहरीको गस्ती टोली देखेर मोटरसाइकल र रक्सी छोडेर भागेको प्रहरीले जनाएकाे छ । बरामद गरिएको रक्सी नष्ट गरिएको छ ।
प्रतिक्रिया