वीरगंज, ९ माघ ।
बारा–पर्सा जिल्लाबाट सुरक्षाकर्मीहरूकै मिलोमतोमा तस्करी बढेको छ । सशस्त्र र जनपद प्रहरीको मिलेमतोमा पोके तस्करी झनै मौलाएको छ ।
वीरगञ्जको खलवाटोला सिर्सिया नाकाबाट मदन रून्चे समूहले लाइन खोलाएर जगरनाथपुर गोदाममा अनलोड गरी भुजा हालेको बिल बनाएर ट्रकमा कपडा लोड गरी काठमाण्डौ पठाउने गरेको समाचार स्रोतको दाबी रहेको छ ।
पर्साको पश्चिमी सिमानाका भिष्वाबाट मरीच, छोकडा र मदिरा भारततर्पm निकासीका लागि किशोर, पप्पु र उमेश तेलीलाई लाइन उपलब्ध गराइएको रहस्य खुलेको छ । यस्तै कपडाको तस्करीका लागि हरिन्द्र पटेल जटाधारी र हार्डवेयरका सामाग्रीका लागि मुन्ना मियाँलाई लाइन दिएको छ ।
वीरगञ्जको इनर्वा गाउँँ हुँदै रातीको समयमा करीब २ सय भन्दा बढी ठेलाको माध्यमले कवाड भारत पुग्ने गरेको छ । रातभरी निर्वाध रूपले तस्करीको कार्य हँुदा होहल्लाका कारण राति सुत्न समेत नसकेको ईनर्वा गाउँँका स्थानीय बताउँछन् ।
केही बिचौलिया र केही तस्कर संगठनका मुख्य नाइकेहरूसँग मासिक लाखौं रकम नजराना लिने गरेको तथ्य पनि प्रकाशमा आएको छ ।
त्यस्तै बाराको मुसहर्वा, मटिअर्वा, सिम्रौनगढ, कचोर्वा लगायतका नाकाबाट पनि खुलेयाम तस्करी हुने गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् । स्रोतका अनुसार प्रकाश सहनीलाई राँगा, भैँसीको तस्करी गर्न लाइन खुल्ला गरिएको छ भने नुनु नामका व्यक्तिलाई खसी ल्याउन अनुमति दिइएको छ ।
यस्तै छोटेलाल पटेल, दीपक यादव, रविन्द्र साह, भोला यादव, बच्चा यादव, प्रभु यादवलाई कपडाको लाइन खुल्ला गरिएको छ । उनीहरूबाट सशस्त्र प्रहरी र जनपद प्रहरीले महिनावारी बुझ्ने गरेको पनि स्रोतले जनाएको छ ।
प्रतिक्रिया