ब्र.सं., कलैया, २२ पुस ।
बारा, पचरौता नगरपालिकाका नगर प्रमुख रमेश यादबले नगरबासीमा कुनै प्रकारको आँखाको समस्या भए निशुल्क अप्रेसन गराउने बताएका छन । पचरौता नगरपालिका वडा नम्बर ४ स्थित बेलदारीको स्वास्थ्य चौकी प्राङ्गणमा निशुल्क आँखा उपचार शिविर कार्यक्रममा बोल्दै उनले स्वास्थ्य र शिक्षा क्ष्Fेत्रमा आफूले बढी ध्यान दिएको बताए ।
नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा नगर प्रमुख वृद्धवृदा बचाउ अभियान अन्र्तगत निशुल्क आँखा शिबिर तथा मोतिया बिन्दु शल्यक्रिया कार्यक्रम उनले आँखा सम्बन्धी सम्पुर्ण उपचार फ्री गरिएको बताए । प्याथोलोजीका सबै चेकअप अब गराउन कलैया, वीरगंज र छौडादानो मोतिहारी लगायतका स्थानमा जान नपर्ने बताए ।
प्रसुतिका लागि दिदीबहिनी बाहिर जानु नपर्ने र बेलदारीमा पनि बर्थिङ्ग सेन्टर बन्दै गरेको जानकारी गराए । सबै प्रकारका स्वास्थ्य सेवाका लागि स्वास्थ्य शाखाका प्रमुख नवल यादबले प्रतिबद्धता जाहेर गरे ।
नारायणी आँखा अस्पताल वीरगंजको प्राबिधिक सहयोगमा उक्त शिबिर शुरू भएको हो । कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष कन्हैया यादब, नारायणी अस्पतालका डाक्टर पुस्पराज बिष्ट, निमित प्रशासकीयय अधिकृत श्यामप्रसाद यादब, जसपाका नेता अवधभुषण यादब, नगरपालिका प्रेस सल्लाहकार सिकिन्द्र साह, जसपाका नेता अकलेश यादब लगायत नागरिक समाज तथा स्थानीयहरूको उपस्थिति रहेको थियो । शिक्षा शाखा प्रमुख प्रमोद यादबको स्वागत रहेको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख नवल यादबले गरेका थिए ।
प्रतिक्रिया