वीरगंज, २१ असोज ।
पर्सा प्रहरीले ८ किलो लागूऔषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ ।
मंगलवार राति साढे दश बजे पर्साको कालिकामाई गाउँपालिका–१ तीनडुबिया बस्ने २९ वर्षीय खोबारी प्रसादलाई इलाका प्रहरी कार्यालय, पोखरियाले ८ किलो अफिमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले आज प्रेस विज्ञप्ति गरी जनाएको छ ।
प्रहरीले उनको घरमा छापामारी गरी ८ किलो अफिम बरामद गरेको जनाएको छ ।
प्रतिक्रिया