कलैया–१६ वडा कार्यालयमा तालाबन्दी
बारा, २० असोज ।
वडा विकास सुधार समिति वडा नं. १६ ले आज कलैया उपमहानगरपालिका–१६ वडा
कार्यालयमा तालाबन्दी गरेको छ ।
समितिले ११ सूत्रीय माग राख्दै सरोकारवाला निकायमा ज्ञापन पत्र दिदै
आएको थियो । वडा अध्यक्षको नियमित उपस्थिति तथा वडाका सम्पूर्ण कामहरू
नियमित रूपमा संचालनको मागसहित ध्यानाकर्षण गराउ"दा पनि कुनै पनि वास्ता
नगरेकोपछि तालाबन्दी गरेको समितिका अध्यक्ष अनिल कुशवाहाले जानकारी गराए।
वडा नं. १६ को वडाध्यक्ष शेषनाथ साह निर्वाचित भएका तीन वर्षको कार्यकाल
बितिसक्दा पनि मुस्कीलले ३ दिन पनि वडा कार्यालयमा पूरा समय उपस्थित
नभएको र कामहरू नगरेकोमा वडा विकास सुधार समितिको गम्भीर ध्यानाकार्षण
भएको विज्ञप्तिमा उल्लेख छ ।
जनताको सेवा, सिफारिश, विकास निर्माणका काममा आफूखुसी तानाशाही
प्रवृत्तिबाट समिति बनाई आफ्ना नजिकका मानिसहरूलाई ठेक्का दिने, काम
गर्ने जस्ता कामले जन गुनासाहरू बढ्दै गएकोले तालाबन्दी गरेके स्थानीय
तथा समितिका सदस्य लक्षमी कुशवाहाले जनाए ।

प्रतिक्रिया