वीरगंज, ३१ भदौ ।
कोरोना महामारीको समयमा पनि बाराको सीमा क्षेत्रमा अवैध सामानको तस्करी भइरहेको छ ।
बाराको पचरौता नगरपालिका अन्तर्गत पर्ने गुलरिया र इनर्वा नाकाबाट अहिले व्यापक रुपमा तस्करी भइरहेको समाचार स्रोतले जनाएको छ ।
नेपालबाट दिनहुँ मटर, मरिच, छोहडा र गाँजा भारतको छौडादाना, भगडीलगायतको स्थानमा जाने गर्छ । सो नाकामा खटेका सशस्त्र र जनपद प्रहरीसंग तस्कर समूहले मिलोमतो गरी नेपालबाट भारत मटर, मरिच, गाँजा पठाउने गरेको छ ।
समाचार स्रोतका अनुसार सशस्त्र र जनपद प्रहरीलाई तस्करहरुले प्रतिटिप रु २ देखि ३ हजार दिने गरेका छन् । यसरी नजराना पाएपछि सशस्त्र र जनपद प्रहरीले अवैध सामान तथा लागूऔषध भारततर्फ जान छुट दिएको छ ।
तेस्रो मुलुकबाट आएको केराउ, छोकडा र मरिच लगायतको सामान नेपालभन्दा भारतमा महंगोमा बेचिने भएकाले नेपालबाट यी वस्तुहरू भारत तस्करी हुँदै आएको छ।
प्रतिक्रिया