वीरगंज, ११ भदौ ।
कोरोना सङ्क्रमणबाट नारायणी अस्पतालमा उपचार गराईरहेका पुरूषको बुधवार उपचारको क्रममा मृत्यु भएको हो ।
धोबिनी गाउँँपालिका वडा नं. ३ गुलियाका ७२ वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृत्यु पश्चात उनको स्वाब सङ्कलन गरी कोरोना परिक्षणको लागि सोहि अस्पतालको पिसिआर प्रयोशालामा जाँच गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले बताए ।
बुधवार साँझ करिव साढे ६ बजेको करिबमा उपचारको क्रममा वृद्धले ज्यान गुमाएको उनले जानकारी दिए ।
उच्च रक्ताचाँप, दमा र मुटु सम्बन्धी दिर्घ रोगि वृद्धलाई श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भदौं ८ गते नारायणीमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना गरिएपस्चात उनमा निमोनियाको लक्षण समेत विकसित भएको प्रवक्ता डा. चौरसियाले बताए ।
प्रतिक्रिया