रौतहट, २५ साउन ।
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको वडा नं. १ का वडाध्यक्ष शेख नूरलाहले रक्सी खाएर स्थानीयलाई कुटपिट गरेको समाचार छ ।
शनिवार सांझ ५ बजे देवाही गोनाही नपा अन्तर्गत पर्ने करुनिया बजार नजीक चौर खेतको नाला (सरेहको पानी बग्ने ठाउँ) मा वडाध्यक्ष शेख नूरलाहले भाइ सदाम अन्सारी, भतिज मुन्ना अन्सारी र आसेपासेलाई टयाक्टरमा लिएर एक्कासि पुगेपछि स्थानीय करुनिया बजारका व्यक्तिहरुसंग विवाद शुरु हुन थाल्यो । विवादको मुख्य कारण सरेहको पानी बग्ने ठाउँमा लोकल माछाको ठेक्का थियो । वडाध्यक्षको भनाइ अनुसार आपूmले मलाह (बिन)संग लगातार ३ वर्षदेखि उठाउंदै आएको रु ७० हजार यसपालि पनि आफै उठाउने र कसैले नरोक्ने बताए । तर स्थानीयले यसपालिको यो पैसा उठाएर मन्दिरमा प्रयोग हुने साउन्ड सर्भिस र अन्यमा खर्च गर्ने तबाएपछि झडप शुरु हुन थाल्यो । झडपमा दुवै पषका व्यक्ति घाइते भएपनि वडाध्यक्षको भाइ र भतिजको भाला प्रहारबाट स्थानीय ३८ वर्षीय लक्ष्मीनारायण साह, २३ वर्षीय शम्भुकुमार यादव, ३० वर्षीय रवीन्द्र साह, ३२ वर्षीय गजेन्द्र राय यादव, ४० वर्षीय नन्दलाल यादव र संदीपकुमार यादवलगायतका व्यक्तिहरु घाइते भएको स्थानीयले जानकारी गराएका छन् ।
प्रतिक्रिया