वीरगंज, २४ असार ।
पर्सा जिल्लाको छिपहरमाई गाउँँपालिकाको वडा नं. ५ भिस्वामा स्थानीयहरूले सडक मै धान रोपेर बिरोध प्रदर्शन गरेका छन् । मनसुन शुरू भए देखि नै वीरगंज भिस्वा जोडने मुख्य सडक हिलाम्य भएर अवरूद्ध पछि बाध्य भएर सडममा धान रोपेको स्थानीयहरूले वताएका छन् । सडक मर्मतमा स्थानीय सरकारका अध्यक्ष,वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरूले नदिएको स्थानीयहरूको गुनासो छ ।
स्थानीयपालिकाले निर्माण गरेको नाला पनि सडक भन्दा तीन फिट माथी बनाएको तथा सडकको उच्चाई नबढाइएको वताउँदै पानीको पनि उचित निकास हुन नसकेको स्थानीयहरूको भनाई छ ।
गाउँँमा दुर्ई पाग्रे, चार पांग्रे सवारीका साधन तथा एम्बुलेन्स लगायतको सवारीका सधानहरू समेत छिर्न सक्ने अवस्था नरहेको वताउँदै विगत लामो समय देखि स्थानीय जनताहरू तथा गाउँँपालिकाका कर्मचारीहरू समेत वैकल्पिक बाटोको प्रयोग गर्दै आएको स्थानीय युवा अभियन्ता हरिनद्र कुशवाहाले वताउनु भयो । उनले गाउँँपालिकाका जनप्रतिनिधिहरूले जनताको दुःख बुझन नसकेको आरोप लगाउँनु भयो ।
तर छिपहरमाई गाउँँपालिकाका अध्यक्ष मनोज गुप्ताले सो बाटो बनाउने जिम्मा प्रदेश सरकारको रहेको वताउनु भयो । उनले बाटो बनाउनका लागि प्रदेश सरकारले ठेक्का समेत गरि सकेको अवस्थामा ठेकेदार कम्पनीको लापरवाहीका कारण गाउँँपालिकाका जनताहरूले कष्ट भोग्नु परेको वताउनु भयो ।
यो कुरा यहाँका जनताले पनि बुझेको वताउदै गुप्ता केहि राजनीतिक व्यक्तित्वहरूले बाटोमा धान रोपेर गाउँँपालिका निसाना साध्न खाजेको गुप्ताले वताउनु भयो । उनले बाटो मर्मतको बिषयमा आफुले पनि ठेकेदार कम्पनी तथा प्रदेश सरकारलाई वारम्वार ताकेता गरी रहेको दावी गर्नु भयो । गाउँँपालिका अध्यक्ष गुप्ताले बाटोमा धान रोप्न जनतालाई नआउने वताउँदै यो सब राजनीतिक उस्काहट मै भरहेको सबै बुझेको वताउनु भयो ।
प्रतिक्रिया