वीरगंज, २४ असार ।
पर्साको छिपहरमाई गाउँँपालिका वडा नं. ४ बन्जारीमा एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् । छिपहरमाई गाउँँपालिकाको वडा नं. ४ बन्जारी निवासी मिश्री यादवको ज्वाई विनोद यादवले साडीले घर नजिकै रहेको कदमको रूखमा पासो लगाएर आत्म हत्या गरेका छन् ।
बाराको विश्रामपुर गाउँँपालिका वडा नं. ३ हर्दिया पसरामुर निवासी यादव बिगत १० वर्ष देखि ससुरालीमै वस्दै आएका थिए । मृतक यादवको दुर्ई छोरा एक छोरी गरी तीन जना सन्तान रहेको स्थानीयहरूले बताएका छन् ।
छिपहरमाई गाउँँपालिकाको बन्जारीमा आत्म हत्या गर्नेहरूको संख्या पछिल्लो समयमा बढदै गए पछि स्थानीयहरूले चिन्ता व्यक्त गरेका छन् । बन्जारीमा एक महिनामा यो तेस्रो आत्म हत्याको घटना भएको प्रहरी चौकी बन्जारीका प्रहरी सहायक निरीक्ष्Fक केदार थापाले वताउनु भयो ।
प्रतिक्रिया