त्रिलोकीनाथ यादव, बारा, ११ जेठ /
बाराको पचरौता नगरपालिकाको बेल्दारी बोर्डरबाट भारतको गुजरात राज्यबाट
आएका ९३ जनालाई क्वारेन्टाइनमा पठाइएको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बेल्दारीका प्रहरी निरीक्षक कुल खडका र
प्रहरी चौकी बेल्दारीका प्रसनि सिकेन्द्र साहको अथक प्रयासबाट लुकिछिपी
बोर्डर पार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।
भारतको गुजराज राज्यबाट २ वटा बस रिजर्भ गरी मोतीहारीसम्म आएका थिए र
मोतीहारीबाट पैदल हिंडेर बेल्दारी बोर्डरसम्म आएका थिए । ९३ जनामध्ये
बाराको कोल्हबी नपाका ८० जना, करहिया माई गापाका १८ जना, रौतहटको
गुजरामाई नपाका २ जना, फतुवा विजयपुर नपाका १ जना रहेका छन् । कोल्हबी
नपाबाट आएका टिपरबाट ८० जनालाई कोल्हबी पठाइएको र अरु सम्बन्धित नपा र
गापासंग सम्पर्क गरिसकेको र उनीहरुलाई लिन गाडी आइरहेको प्रसनि सिकेन्द्र
साहले जनाए । प्रहरीले गरेको यस कार्यप्रति स्थानीयवासीले प्रशंसा गरेका
छन् ।

प्रतिक्रिया