बारा, ११ वैशाख । सामाजिक दूरी कायम गरी पचरौता नगरपालिका वडा नं. ४
बेल्दारीमा राहत वितरण शुरु भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना
भाइरसबाट उत्पन्न समस्या र कोरोना भाइरस नियन्त्रण गर्न नेपाल सरकारले
लगाएको लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गर्ने, अतिविपन्न परिवारलाई
राहत वितरण गरिएको छ ।
राहत वितरणमा २५ किलो चामल, ५ किलो आलु, २ किलो दाल, नून, १ लिटर
खानेतेल वितरण गरिएको वडा नं. ४ का वडाध्यक्ष कन्हैयालाल यादवले बताए ।
यसैगरी वडा नं. ५ मा ७१५ घरधुरीमध्ये ४१८ घरधुरीमा २५ किलो चामल, ५ किलो
आलु, १ किलो खानेतेल, २ किलो दाल, नून वितरण भइसकेको वडा नं. ५ का
वडाध्यक्ष लक्ष्मीप्रसाद यादवले बताए ।
राहत वितरण कार्यक्रममा नगरप्रमुख रमेशकुमार यादव, वडाध्यक्ष कन्हैयालाल
यादव, लक्ष्मी प्रसाद यादव, प्रहरी चौकी बेल्दारीका प्रसनि सिकिन्द्र
साहलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया