ब्रह्मास्त्र दैनिक, वीरगंज, १६ पुस ।
जिल्ला प्रहरी कार्यालय, बाराले जबरजस्ती करणी मुद्दाका बालिकलाई नाबालिक बनाएको कसूरमा दोस्रोपटक ५ दिने म्याद थमाई अनुसन्धान भइरहेका वडासचिव प्रभु पडितको अर्को कर्तुत बाहिरिएको छ ।
वडासचिव पडितले २०७४÷४÷३१ गते पचरौता नगरपालिका वडा नं. ४ बस्ने अनिल सिंहको नाममा तपसिलका जग्गाहरु बारा, बेल्दारी वडा नं. ९ को कित्ता नं. ६ को ६ कठ्ठा ६ धुर, कित्ता नं. २३ को १ कठ्ठा १५ धुर, कित्ता नं. २९ को ७ कठ्ठा ५ धुर, कित्ता नं. १२ को ५ कठ्ठा ६ धुर, कित्ता नं. ३५ को १ कठ्ठा १० धुर बिक्री गर्नका लागि अनिल सिंहको नाममा सिफारिस गरेका थिए ।
जबकि अनिल सिंहको नाममा जग्गा दर्ता कायम नैं नभएको प्रमाणमा स्पष्ट देखिन्छ । यसका साथसाथै अनिल सिंह पचरौता नपा–४ निवासी नभई भारत, पूर्वी चम्पारण, बिहार छपरा निवासी हुन् ।
वडासचिव पडितले बिक्री गर्नका लागि अनिल सिंहको नाममा सिफारिस गरेको जग्गा फुलेहरा देवी सिंहको नाममा दर्ता कायम रहेको प्रमाणमा देखिन्छ ।
वडासचिव पडितले २०७४।४।३१ गते बिक्री गर्नका लागि सिफारिस गरेको जग्गा ६ महीनापछि २०७४।१०।१९ गते सिम्रौनगढ नगरपालिका वडा नं. ८ कचोर्वा निवासी वर्ष ४५ की पुनम जैसवालको नाममा रजिष्टे«शन पास भएको थियो । मालपोत कार्यालय बाराका कर्मचारीहरुलाई मोटो रकम दिई उमेशप्रसाद जैसवालले रजिष्टे«शन पास गराएका थिए । उमेश जैसवाल पुनम जैसवालका पति हुन् । उमेश जैसवाल कलैयामा कानूनी व्यवसायीको रुपमा काम गर्दैआएका छन् । रजिष्टे«शन गराएको २० दिनपछि २०७४।११।०९ गते पुनमदेवी जैसवालको नाममा जग्गाधनी प्रमाणपत्र बनेको छ ।
यस कार्यमा वडासचिव पडितले मोटो रकम लिई सिफारिस गरेको चर्चा हुंदैछ । यस कार्यमा अनुसन्धान भइरहेको र अख्तियार तथा सरोकार वाला निकायले पनि ध्यान दिनुपर्ने स्थानीयवासीको सुझाव छ ।

प्रतिक्रिया