वीरगंज, २२ मंसिर । सशस्त्र प्रहरी धनुषाले सुन–चाँदीसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ४ भडरीया नकामा भारत विहार प्रान्तको मधुवनी जिल्ला गोवराही बस्ने ४० वर्षीय जय प्रकाश यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेका छन ।
भारततर्पm अवैध रूपमा तस्करी गरी लैजादैँ गर्दा सशस्त्र प्रहरीको गण नम्बर ८ र देवडिहाबाट खटिएको संयुक्त सशस्त्र प्रहरी बलको टोलीले ६ किलो ८ सय ५० ग्राम चाँदीको बुनिया, १ सय ग्रामको सुनको बलिया र २६ ग्राम मालवाडी,एक सेट मोबाइल,दुई थान भारतीय सिमकार्ड,४२० भारतीय रुपियाँ सहित तस्कर यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेका छन ।
यादवबाट बरामद भएको सुन र चाँदीको मूल्य १२ लाख ८८ हजार ७ सय ९२ रुपियाँ रहेका धनुषाको सशस्त्र प्रहरी उपरीक्षक राजु उप्रेतीले जानकारी दिए। साइकलमा सवार भइ भारततर्पm जाँदै गरेको अवस्थामा शंकाको आधारमा चेकजाँच गर्ने क्रममा यादवको साथबाट सुन र चाँदी बरामद भएका छन ।
साइकल सहित यादवलाई नियक्रणमा लिई थप आवश्यक कारबाईका लागी जनकपुर भन्सार कार्यालयमा बुझाइएका हुन् ।
प्रतिक्रिया