काठमाडौं, २७ मंसिर । केहि दिनअघि केहि ओरालो लागेको सुनको भाउ फेरि ह्वातै बढेको छ ।
भाउ घट्ला कि भन्ने अनुमान भइरहेका बेला शुक्रवार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला चार सय रुपियाँँले बढेर ७१ हजार २ सय रुपियाँँ भएको छ ।
सुन बिहीवार प्रतितोला ७० हजार ८ सयले कारोवार भएको थियो । सुनसँगै चाँदीको मूल्यमा समेत वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी शुक्रवार प्रतितोला ८४० रुपियाँँमा उक्लिएको छ । बिहीवारको तुलनामा १० रुपियाँँ बढेको हो ।
प्रतिक्रिया