मंसिर २७, २०७६ पर्सा : बुधबार बेलुकी नेपाल पसेको पश्चिमी वायुले मौसम बदली गराएपछि मध्यतराईमा शीतलहर शुरु भएको छ। समयअगावै एक्कासि चिसो बढेर शीतलहर लागेपछि जनजीवन प्रभावित भएको छ। अघिल्लो वर्ष पुस पाँच गतेदेखि सुरु भए पनि यसपटक मंसिर अन्तिम हप्तादेखि नै शीतलहर शुरु भएको हो। मध्यतराईका बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी लगायतका जिल्लाहरुमा बिहीबारदेखि नै घाम लागेको छैन। शीतलहरका कारण ओस खसिरहेको छ भने केही स्थानमा पानीसमेत परेको छ। यस क्षेत्रको प्रमुख नगर वीरगञ्जका पसलहरु ढिला गरी खुलेका छन्। बिहानको समयमा घरबाहिर मानिसहरुको गतिविधी खासै देखिएको छैन। प्रभातीय अभ्यासका क्रममा खचाखच मानिस भरिने नारायणी रंगशला र स्थानीय चौरहरु खाली हुन थालेका छन्। पर्साको पकाहामैनपुर गाउँपालिकाका प्रशासकीय अधिकृत सुनिल चौरसियाले बिहानैदेखि कुहिरो र शीतसँगै चल्ने चिसो हावाका कारण पशु–चौपाया र विपन्न मानिस प्रभावित हुन थालेको जानकारी दिए। गाउँपालिकाले चिसोबाट बच्न र खानपानमा ध्यान दिन स्थानीयलाई सचेत गराईरहेको छ। चिकित्सकहरुले चिसोबाट बच्नका लागि न्यायो कपडा लगाउन, आगो ताप्न, झोलिलो तातो खाना खान र समस्या बढ्दै गए स्वास्थ्यसंस्था जान सुझाव दिएका छन्।
आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
[आजका पाठकहरु]
Search Bar
Facebook Likes$type=social_counter
[साताको खबर]$type=one
-
There's no getting around the fact that our bodies age. For men, as we get closer to the middle age mark, natural testosterone product...
-
How To Get Many Back Links To Your Site With Articles Marketing 1630 One of the most effective and powerful methods to promote your web si...
-
Software Secrets -- Exposed! Create Your Own Software Empire -- Even If You Cant Program Your Own Vcr! Press Release Script Users Can S...
/fa-clock-o/ लोकप्रिय$type=list
-
There's no getting around the fact that our bodies age. For men, as we get closer to the middle age mark, natural testosterone product...
-
How To Get Many Back Links To Your Site With Articles Marketing 1630 One of the most effective and powerful methods to promote your web si...
ब्रह्मास्त्र दैनिक
हाम्रो बारेमा
प्रकाशक/सम्पादक
मनोरंजन यादव
कार्यालय
सम्पर्क फोन नं. ०५१–५२४९६९, ९८४५०२२१११
email:brahmastr@gmail.com
www.brahmastr.com.np
मुद्रक ः–पौडेल अफसेट प्रेस माईस्थान, वीरगंज
प्रतिक्रिया