वीरगंज, २० मंसिर ।
वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले पर्सागढि नगर पालिको ठ रघुनाथपुरमा आयोजित निशुल्क आखा शिविरको उदघाटन गरेका छ । जयराजपुर स्कुलमा शुक्रवार आयोजित निशुल्क आखा शिविरको नगर प्रमुख सरावगीले उदघाटन गरेका हो । वीरगंज महानगरपालीका मेयर कल्याणकारी कोष र मतृका आइ फाउन्डेसन को सहयोगमा निशुल्क अँखा शिबिर आज संचालिन गरिएको छ।
मेयर कल्याणकारी कोषद्वारा अभियानकै रूपमा विभिन्न ठाउहरूमा निशुल्क आँखा शिबिरको आयोजना हुदै आएको छ ।सोहि क्रममा यो छैठौे शिविरको आयोजना गरिएको हो । उक्त शिबीरमा आयोजित कार्यक्रममा समाजबादी पार्टी का जिल्ला संयोजक रामनरेश यादव,मेयरका राजनीतिक सल्लाहकार मुकेश कुमार द्विवेदी,पर्सागढि वडा नम्बर ७ का वडा अध्यक्ष रामजी साह तेली,पर्सागढि नगरपालिकाका समाजबादी पार्टीका नगरअध्यक्ष खुर्शेद आलम, स्थानीय नेता बृजमोहन चौधरी,जितेन्द्र मिश्र, ध्रुब गिरि, नरेन्द्र पटेल, बहुदरमाइ समाजबादी पार्टी नगर अध्यक्ष सिङघासन साह तेलि,बिपिन यादव,युवा नेता पिन्टु उपाध्याय,अजय साह लगायतल नेता तथा कर्याकर्ताहरूको उपस्थिति रहेकोे थियोे । मतृका आइ फाउन्डेसन का डाक्टर महेश सिंह धामीले मोतियाबिन्दुको रोगीहरूको आंखा परिक्षण गरेका थियो ।
मोतियाबिन्द फेला परेका रोगीहरूको मंसिर २९ गते देखि वीरगंज स्थित माटृका आई फाउन्डेसनमा तिलगंगा आँखा अस्पतालका डाक्टरहरूको टोलीले शैल्यक्रिया गर्ने नगर प्रमुखको निजि सचिवालयले जनाएको छ ।
प्रतिक्रिया