वीरगंज, २० मंसिर ।
गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आज जिल्ला र्कायसमिति विस्तार गरेको छ । जिल्ला र्काय समितिको बसेको बैठकले नगर वडा र्काय समिति तथा जिल्ला र्काय समितिको रिक्त पदको चयन गरेको छ ।
गिरिजा प्रसाद कोईराला फाउण्डेशनका जिल्ला अध्यक्ष मोहम्मद शहाबुदिनको अध्यक्षतामा बसेको बैठकले १३ सदस्यीय जिल्ला र्काय समितिमा ३ जना र वीरगंज महानगरको नगर अध्यक्ष चयन गरिएको छ ।
जी पी कोईराला फाउण्डेशन जिल्ला र्काय समितिमा ठाकुर राम बहुमुखि क्यामपसका शिक्षण सहायक सन्तोष सिंह, बाबुननद प्रसाद पटेल, मुकेश रौनियार रहेका छन भने महानगरको नगर संयोजकमा अकाश चौहानलाई चयन गरिएको जी पी कोईराला फाउण्डेशनका जिल्ला कोषाध्यक्ष मनोहर साहले जनाएका छन ।
बैठकमा वीरगंज महानगर संगै जिल्ला भरी नै फाउण्डेशनको र्काय समितिको बिस्तार गर्ने साथै मसिंर २७ गते विहान ८ बजे देखि वीरगंजको घण्टाघरमा खुल्ला रक्तदानको र्कायक्रमको आयोजना गरिएको फाउण्डे्शनले जनाएको छ ।
पदस्थापन र्कायक्रमका सभापतिŒव मोहम्मद शहाबुद्दिनले गरेको थिए भने र्कायक्रम र्कायसमितिका पदाधिकारी एवम पत्रकारहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया