२०७६ बाराको महागढीमाई नगरपालिका १ बरियारपुर स्थित रहेको बलीको नामले प्रसिद्ध गढीमाई मातालाई बली दिईएको राँगाको टाउको र सिनो समयमा व्यवस्थान नगर्ने बली व्यवस्थापन उपसमितिका पदाधीकारी मध्ये एक जनालाई प्रहरीले बुधवार पक्राउ गरेको छ । बली व्यवस्थापन उपसमितिका उपाध्यक्ष विरेन्द्र साहलाई बुधबार अपरान्ह मेला स्थलबाटै नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । मंगलबार बिहान बली दिईएको राँगाको टाउको र आन्द्रा भुँडी व्यवस्थापन नगरी मेला स्थलबाट सम्पर्कबिहीन भएपछि समितिका पदाधिकारीलाई घरबाटै नियन्त्रणमा लिन बाराका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणी पोखरेलले प्रहरीलाई आदेश दिनु भएको थियो । मोबाईलको फोन स्वीच अफ गरेर मंगलबार साँझदेखि गढीमाई मेला व्यवस्थापन मुल समितिका पदाधिकारी मेला स्थलको कार्यालय समेत बन्द गरी सम्पर्कबिहीन छन् । प्रजिअ पोखरेलको नेतृत्वमा समितिको कार्यालयमा पुगेका सुरक्षाकर्मी पनि लामो समय सम्म कार्यालय बाहिर बसेका थिए । समितिको कार्यालय नै बन्द गरेर पदाधिकारी सम्पर्कबिहीन बनेपछि उनीहरुको घर–घरमै प्रहरी खटाउनु परेको बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले बताउनुभयो । 'यत्रो ठूलो मेलाको जिम्मेवारी लिएको समितिका पदाधिकारी कार्यालय नै बन्द गरी मेला स्थलबाट बाहिरी बस्नु राम्रो होईन,' उहाँले भन्नुभयो, 'समितिका पदाधीकारी सम्पर्कबिहीन बनेर गैरजिम्मेवारी पूर्ण काम गरेका छन् ।' मेला व्यवस्थापनमा भएका कमी कमजोरीलाई सुधार्नुको सट्टा लुकेर बस्न मिल्छ ? उहाँको प्रश्न थियो । 'बली दिईएको २४ घण्टा भईसक्यो तर, बुधवार अपराह्न सम्म सिनो व्यवस्थापन गरिएको छैन,' उहाँले भन्नुभयो, 'दुर्गन्धित बन्दै गएकोले मेलामा रोगको संक्रमण फैलिने चिन्ता छ ।' यसप्रति समिति स्वयम जिम्मेवार हुनुपर्ने उहाँको जिकिर थियो । दुर्गन्धको कारण रोगको माहामारी फैलिए त्यसको जिम्मेवारी कस्ले लिने ? बली व्यवस्थापन समितिलाई नै सिनो व्यवस्थापन गर्ने जिम्मेवारी रहेको महागढीमाई नगरपालिकाका प्रमुख प्रमुख उपेन्द्र प्रसाद यादवले बताउनुभयो । 'बली व्यवस्थापन समिति आफ्नो सम्पर्कमा समेत छैनन्,' उहाँले भन्नुभयो, 'उनीहरु कार्यालय समेत बन्द गरेर, फोन स्वीच अफ गरी बसेका छन् ।' काम गर्ने जिम्मेवारी लिएर समितिमा बस्ने र कामै नगर्ने समिति कारबाहीको भागिदार रहेको उहाँको भनाई थियो । समितिका पदाधीकारी सम्पर्कबिहीन भएपछि रंगशालामा बली व्यवस्थापन गर्न नगर प्रहरी, नगरपालिकाका कुचीकार र नगरपालिको डोजर समेत खटाएको उहाँले जानकारी दिनुभयो । सिनो व्यवस्थापन नगर्ने र गैरजिम्मेवार समितिका पदाधिकारीलाई कारबाही गर्न प्रमुख जिल्ल अधिकारी समक्षा आग्रह गर्नुभयो । सिनो व्यवस्थापन गर्न पशु क्वारेन्टाईन डिभिजन कार्यालय वीरञ्जका प्रमुख डा. हरेराम यादवको नेतृत्वमा चिकित्सक टोली मेला स्थलमा खटिएको थियो । बिहानै देखि खटिएको चिकित्सक टोली बली व्यवस्थापन र मुल समितिकै पदाधिकारीलाई मेला स्थलमा नभेटेपछि सहयोगको लागि प्रजिअलाई गुहारेका थिए । त्यसपछि मेला स्थलमा पुगेका प्रजिअले सिनो व्यवस्थापन नगर्ने समिति माथि एक्सन लिएका थिए । 'छिट्टै सिनो व्यवस्थापन नगरिएको दुर्गन्ध र रोगको संक्रमण मेला स्थलमा फैलिन सक्छ,' उहाँले भन्नुभयो, 'सिनो व्यवस्थापन गर्न हामीले प्राविधिक सहयोग गर्छौ ।' हामीले सहयोग गर्न समितिलाई खोज्न भौतारिनु परेको उहाँले बताउनुभयो । महागढीमाई नगरपालिकाको सहयोगमा अपारह्न देखि सिनो व्यवस्थापन गर्ने काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । ८१ पकेटमार पक्राउ : गढीमाई मेलामा आएका दर्शनार्थीको पर्स, सिकरी, पैसा चोर्ने (पकेटमार) र उच्छृंखल क्रियाकलाप गर्ने ८१ जनालाई प्रहरीले मेला स्थलबाट पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखिएको छ । पक्राउ पर्नेमा अधिकांश महिला छन् । उनीहरु मध्ये केही सार्वजनिक अपराध मुद्दा चलाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक विकासराज खनालले जानकारी दिनुभयो । 'पक्राउ पर्नेमा अधिकांश पकेटमारी गरेका महिला छन्,' उहाँले भन्नुभयो, 'केही माथि अनुसन्धान गर्दै छौं ।' मेलामा जडान गरिएको सीसी क्यामरा र सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीको कारण पकेटमारहरुको पहिचान गरी पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । मेलामा पकेटमारी बाहेक ठूलो अप्रिय घटना नघटेको उहाँले जानकारी दिनुभयो । ३ लाख बढी बोकाको बली : गढीमाई मेलामा भाकल गरेका श्रद्धालु भक्तजनले मंगलबार र बुधवार गरी ३ लाख भन्दा बढी बोकाको बली दिएको अनुमान गरिएको छ । गढीमाई मन्दिर देखि ५/६ किलोमिटर चारैतिरको क्षेत्रमा गरी ३ देखि ५ लाखको हाराहारीमा बोकाको बली दिईएको महागढीमाई नगरपालिका २ ईनर्वाका जितेन्द्र तिवारीले बताए । 'यसपालीको मेलामा सोचे भन्दा बढी बली चढेको छ,' उनले भने, 'हरेका गाउँका ६० प्रतिशत भन्दा बढी मानिसले बोकाको बली दिएका छन् ।' ५ वर्ष देखि भाकल गरी राखेका भक्तजनले मेला लागेको बेला बली दिएको उनले जानकारी दिए । बारागढी गाउँपालिका ६ हेंगौलियामा मात्र एक सय भन्दा बढी बोकाको बली दिईएको स्थानीय संजिव कुमार मिश्रले जानकारी दिए । झन्डै ६० घर परिवारको बसोबास रहेको उक्त टोलको हरेक घरमा एउटा/दुईटा बोकाको बली दिईएको उनले जानकारी दिए । गढीमाईमा बारा उत्तर झिटकैयाका रामनारायण ठाकुरले पनि बोका बली दिएको जानकारी दिए । नेपालको कुनाकाप्चा देखि भारतको विभिन्न स्थानबाट भाकल गरेरसंगै ल्याएका बोकाको बली दिएको मेला समितिले जानकारी दिएको छ । दर्शनार्थीको घुइँचो उस्तै : गढीमाई मेलामा बुधबार पनि मेला भर्न आउने दर्शनार्थीको घुइँचो रहेको छ । मेलामा दर्शनार्थीहरुको ठूलो घुइँचो लागेको छ । नेपाल र भारतका गरी गढीमाई मेलामा बुधबार सम्ममा झन्डै एक करोड दर्शनार्थीले मेलाको अवलोकन गरेको अनुमान गरिएको बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले बताउनुभयो । 'दर्शनार्थीको आउने जाने फ्लोर अझै कम भएको छैन,' उहाँले भन्नुभयो, 'बिहीबार देखि मेलाको भीड कम हुने अनुमान गरिएका छौं ।' मेलामा दर्शनार्थीहरुलाई सहयोग गर्न र सुरक्षा व्यवस्था चुस्तदुरुस्त पार्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$show=home
ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस
एउटा लाइक गरेर मनोबल बढाउनुहोस्
[आजका पाठकहरु]
Search Bar
Facebook Likes$type=social_counter
MAIN QUOTE$quote=Steve Jobs

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.
[साताको खबर]$type=one
-
Affiliate programs are the perfect way to optimise your website and to subsidise any income. Depending on the amount of work that you are wi...
-
If you do not have one million dollars in your pocket, you might find reading what I have to say worth a moment of your time. I'...
-
How To Get Many Back Links To Your Site With Articles Marketing 1630 One of the most effective and powerful methods to promote your web si...
/fa-clock-o/ लोकप्रिय$type=list
-
How To Get Many Back Links To Your Site With Articles Marketing 1630 One of the most effective and powerful methods to promote your web si...
-
There's no getting around the fact that our bodies age. For men, as we get closer to the middle age mark, natural testosterone product...
ब्रह्मास्त्र दैनिक
हाम्रो बारेमा
प्रकाशक/सम्पादक
मनोरंजन यादव
कार्यालय
सम्पर्क फोन नं. ०५१–५२४९६९, ९८४५०२२१११
email:brahmastr@gmail.com
www.brahmastr.com.np
मुद्रक ः–पौडेल अफसेट प्रेस माईस्थान, वीरगंज
प्रतिक्रिया